प्रभु बैंकको नयाँ शाखा सञ्चालनमा

31

काठमाडौं / प्रभु बैंकले काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित ढुंगेधारामा नयाँ शाखा विस्तार गरेको छ । बैंकको ढुंगेधारा शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले एक समारोहका बीच उद्घाटन गरेका हुन् । डेपुटी गभर्नर श्रेष्ठले प्रभु बैंकले देशका विभिन्न स्थानहरुमा आप्mनो शाखा सञ्जाल विस्तार गरी बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई आप्mनो गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेकोमा अब ढुंगेधाराबासीहरुले नजिकबाट विना झण्झट प्रभु बैंकको बैंकिङ्ग सेवा सहज रुपमा उपभोग गर्न सक्ने अवसर प्राप्त भएको धारणा राखेका छन् । शाखा कार्यालय उद्घाटन कार्यक्रमका अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

आजदेखि सञ्चालनमा आएको प्रभु बैंकको ढुंगेधारा शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र ढुंगेधारा क्षेत्रको आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here