भगवानबहालबाट कस्तुरीको बिनासहित ३ जना पक्राउ

153

काठमाडौं / काठमाडौं महानगरपालिका–२६ भगवानबहालबाट संरक्षित वन्यजन्तु कस्तुरीको १ थान बिनासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा स्याङजा भिरकोट गाउँपालिका–३ का ३८ वर्षीय चित्रबहदुर थापा, संखुवासभा मकालु गाउँपालिका–३ का ३८ वर्षीय ईन्द्र कुमार राई र संखुवासभा मकालु गाउँपालिका–३ का २८ वर्षीय सन्देश अछामे रहेका छन्। वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो।

उक्त स्थानमा संरक्षित वन्यजन्तुको कस्तुरीको बिना अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचना प्राप्त हुनासाथ उक्त ब्यूरोबाट प्रहरी टोली खटिएको थियो । पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौं पठाइएको सो ब्यूरोले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here