कबड्डी- ३ मा प्रदीप आउट कर्मा इन

81

काठमाडौं- ‘कबड्डी’ को तेस्रो सिरिजका लागि कलाकारको लाइनअप पूरा भएको छ । लामो समयदेखि फिल्ममा अभिनेता प्रदीप खड्काको प्रवेश हुने चर्चा थियो । प्रदीप ‘प्रेमगीत’ को तेस्रो सिरिजमा व्यस्त हुने भएपछि उनले ‘कबड्डी कबड्डी कबड्डी’ बाट हात झिकेका छन् । प्रदीपको ठाउँमा अभिनेता कर्मा भित्रिएका छन् । अभिनेता दयाहाङ राई यथावत छन् ।

यस फिल्मको सोमवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको छ । यस वर्षको तिज वा दशैंको बीचमा जुनसुकै मितिमा प्रदर्शनमा आउने जनाइएको फिल्मलाई अघिल्ला दुई सिरिज निर्देशन गरेका रामबाबु गुरुङले निर्देशन गर्नेछन् । निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको कथामा फिल्म बन्न लागेको हो ।

बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको ‘कबड्डी कबड्डी कबड्डी’ स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा आधारित हुनेछ । निर्देशक रामबाबुका हरेक फिल्म खिच्दै आएका शैलेन्द्र डि। कार्कीकै छायांकन यस फिल्ममा रहेको छ ।

सो फिल्ममा फिल्म ‘क्याप्टेन’ बाट सुखद डेब्यू गरेकी अभिनेत्री उपासना सिंह ठकुरीको लिड रोल रहनेछ ।
फिल्ममा दयाहाङ, कर्मा र उपासनाका अलावा रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

जेठ ५ गतेबाट छायांकन सुरु हुने ‘कबड्डी कबड्डी कबड्डी’ का एक्टिङ कोच अनुप बराल हुन् । फिल्म सम्पादन निमेश श्रेष्ठले गर्नेछन् ।

फिल्मको निर्मातामा मणीराम पोखरेल, अर्जुन कार्की, ओमचन्द्र रौनियार छन् । भने, रुदेना साडा लेप्चा सह-निर्माताको रुपमा छन् । यसमा रोहित शाक्यको पाश्र्व संगीत रहनेछ । फिल्ममा सुलभ पहारी, याम भण्डारी, किरण लिम्बु सहायक निर्देशक र सिजन दाहाल, क्रिस लामा मुख्य सहायक निर्देशकको रुपमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here