अन्तत: भयो चियाबगानका श्रमिकहरुको जित

138

विगत चौवालीस दिन देखिको उथलपुथलकारी हडतालको सुखान्त बिश्रामसंगै चियाबगानका आन्दोलनकारी श्रमिकहरु आजबाट काममा फर्किसकेका छन । यसले प्रमाणित के गर्छ भने उनीहरु आफनो कामप्रति कति जिम्मेवार र आज्ञाकारी छन । उनीहरु विध्वंशक होइनन निर्माता हुन । विध्वंश र आन्दोलनमा उत्रनु त उनिहरुको अन्तिम विकल्प हो बाध्यतामात्र हो । त्यो पनि नवनिर्माणको लागि हो ।

पटक पटक धोका खाएका आन्दोलनकारी श्रमिकहरुले यसपटकको आन्दोलनलाई जीवन मरणको रुपमा लिएका थिए । हारेको भए सबै बेरोजगार हुने थिए । तर यो जितले सबैको चुलो फेरी बल्ने भएको छ । आज विहानमात्र भएको कुराकानीमा अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सिता सापकोटाले भनिन “यो त एउटा निरंकुश युगको अन्त्य र नयाँ युगको शुरुवात नै हो । दमनकारी र शोषणको भिषण युगको अन्त्य नै हो । चिया मजदुरको सामाजिक सुरक्षा निश्चित हुने, संचय कोष काटिने, उपदान पाउने, पेन्सन पाउने, स्वास्थ्य तथा दुर्घटनाको औषधोपचार पाउने, मातृ शिशु स्याहार तथा शिक्षाको लागि सामाजिक सुरक्षा ऐन अनुसार सुविधा प्राप्त गर्ने, श्रम ऐन हुबहु लागू हुने र न्युनतम बेतन कार्यान्वयनको लागि पटक पटक आन्दोलन गर्नु नपर्ने र झण्डै एक वर्ष नपाएको बढेको तलब पाउने भएका छौं ।

अतः यो जित संयुक्त मजदुर आन्दोलनको निकैै ठूलो उपलब्धि हो । हाम्रो आन्दोलनलाई विभाजन गर्न निकै ठुलो षडयन्त्र पनि गरेका थिए । तर, उनीहरुको केही लागेन । हाम्रो आन्दोलनलाई सहयोग गर्नुहुने, ऐक्यबद्धता जनाउनुहुने तथा हाम्रा ३ वटै महासंघहरु, नेपाल सरकार, नागरिक समाज तथा साहित्यिक श्रष्टा तथा हाम्रा पक्षधर बौद्धिक ब्यक्तित्वहरु सबैमा आभार ब्यक्तगर्दछु ।”

साँच्चै नै चिया बगानमा कार्यरत श्रमिकहरुको आन्दोलनलाई यसपटक नामुद कवि, कलाकार, साहित्यकार, लेखक, विश्लेषकहरुले आफ्नो कला र सिर्जना मार्फत पनि बेस्सरी ऐक्यबद्धता जनाउनु भएकोमा मलाई निकै खुशी साथै अति गौरावानुभुति महशुस भएको छ । यस्ता श्रष्टाहरुमा भारतको नेपाली मूलका साहित्यकारहरु (सिक्किम, दार्जिलिङ, कलकत्ता, मणिपुरसम्म)को अग्रस्थान रहेको छ भने नेपालको प्रगतिवादी लेखक कलाकार, साहित्यकारको पनि महत्वपूर्ण भूमिका रहन गयो । यति ठूलो श्रष्टाहरुको समूह मजदुर आन्दोलनमा यसरी समर्थनमा उभिएको मलाई लाग्छ पहिलो पटक हो ।

बिग मिडिया निकै लामो समयसम्म विचविचमा उभिईरहे मजदुरको जित निश्चित भएपछि अग्रभागमा उभिए । मजदुर पक्षीय मिडियाले कस्तो भूमिका खेले आन्दोलनकारीहरुले नै जनाउने कुरा हो । आन्दोलनकारीहरुले भने “हामी जित्नेछौ, जित्नेछौं भन्दाभन्दै हामीले जित्यौं ।”

अन्टुफ प्रदेश १ का इन्चार्ज भुपाल सापकोटाद्धारा प्रेसित सहमति पत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here