अमेरिकासँग तनाव बढिरहेता पनि इरानका विदेशमन्त्री भारतमा

212

एजेन्सी / इरानका विदेशमन्त्री मोहम्मद जवाद जारिफ दुई दिने भ्रमणका क्रमममा भारतमा छन् । भारत पुगेपछि सञ्चारकर्मीसँग बोल्ने बोल्ने क्रममा जारिफले भारत आफ्नो देशको सबैभन्दा महत्वपूर्ण साझेदार भएको बताए । ‘म यस क्षेत्रको हाल विकसित घटनाक्रमको साथ–साथै द्विपक्षिय सम्बन्धमा आफ्नो समकक्षीसँग परामर्श गर्नको लागि आएको हुँ ,’ जारिफले भने ।

जारिफले भारत भ्रमणका क्रममा आफ्ना समकक्षी सुष्मा स्वराजसँग इरानी तेलमा अमेरिकी प्रतिबन्ध लागेपछिका प्रभावबारेमा कुराकानी गर्नेछन् । छलफलका क्रममा प्रतिबन्ध पूर्ण लागु भएपछिका विकल्पबारेमा पनि चर्चा गर्नेछन् ।  जारिफले संयुक्त राज्य अमेरिकाले आफ्नो देशविरुद्ध अनावश्यक तनाब बढाएको आरोप पनि लगाए । ‘हामी स्थितिलाई थप खराब बनाउन चाहदैनौं, तर आवश्यक परेको बेला हामीले सधैं आफ्नो प्रतिरक्षा गरेका छौं ,’ जारिफले भने ।

मे २ बाट अमेरिकाले इरानी तेल किन्न दिइरहको छुट अन्त्य गर्दैछ । त्यसपछि इरानबाट तेल किन्ने राष्ट्रमाथि पनि प्रतिबन्ध लागु हुनेछ । भारतले त्यसपछि तीन विषयको आधारमा इरानी तेल किन्ने बताएको छ । ती तीन तथ्यमा देशको उर्जा सुरक्षा, वाणिज्य नीति र आर्थिक हित पर्नेछन् । विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भारत, अमेरिकाको निर्णयको प्रभावसँग सामना गर्न तयार रहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here