गुणस्तरहिन औषधि बिक्रीवितरण गर्नेलाई कडा कारवाही गर्ने स्वास्थ्यमन्त्री यादवको चेतावनी

91

काठमाडौं । सरकारले गुणस्तरहिन औषधि बिक्रीवितरण गर्ने औषधि पसलहरुलाई कारवाही गर्ने तथा कडा निगरानी राख्ने योजना  बनाएको छ ।

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहिन औषधि बिक्रीवितरण गर्ने औषधि पसलहरुमाथि कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।

मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले चिस्यानमा नराखिएको औषधि बिक्रीवितरणमा प्रतिबन्ध लगाउने जनाए । उनले चिकित्सकहरुको ‘प्रेसक्रिप्सन’ विना औषधि बिक्रीवितरण गर्न नपाउने गरी सबै औषधि पसलहरुमा सरकारले पनि अघि सारे ।

उपप्रधानमन्त्री यादवले सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट औषधि खरिद गर्दा महँगो पर्न जाने भएकाले त्यसलाई रोकेर सरकार आफैंले सिधै कम्पनीबाट औषधि खरिद गर्ने कानुनी व्यवस्था जरुरी रहेको जनाउँदै त्यसका लागि तयारी भइरहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here