ट्रान्सफर्मर बनाउँदै गर्दा गम्भीर घाइते

278

बुटवल / बिग्रिएको विद्युतको ट्रान्सफर्मर बनाउने क्रममा  रुपन्देहीको गैंडहवामा एक जना गम्भीर घाइते भएको छ ।

गैंडहवा गाउँपालिका वडा नं ८ मैनहियामा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा परी तिलोत्तमा नगरपालिका वडा नं. १४ का गुरुदत्त चौधरी गम्भीर घाइते भएका स्थानीय सन्दीप गुप्ताले जानकारी दिए । उनी विद्युत प्राधिकरण अमुवामा कार्यरत कर्मचारी हुन्।

विद्युत प्रवाह बन्द गरी ट्रान्सफर्मर मर्मत गरिरहेको अवस्थामा एक्कासी विद्युत प्रवाह सुचारु गरिदिएका कारण उक्त घटना घटेको गुप्ताले जानकारी दिए। काम गरिरहेको अवस्थामा एक्कासी विद्युत लाइन जोडेपछि चौधरी दश मिनेटभन्दा बढी समय पोलमाथि नै अड्किएका थिए। चौधरीको एउटा हात र एउटा खुट्टा चुडिएको छ। गम्भीर अवस्थामा उद्धार गरिएका चौधरीलाई युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका लागि लगिएको विद्युत प्राधिकरण अमुवा ग्रिडका किशोर श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here