युवा संगठनहकरुको एकीकरण मदन भण्डारी स्मृति दिवसको दिन हुने प्रचण्डको घोषणा

489

 काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन भण्डारी स्मृति दिवसको दिन युवा संगठनहकरुको एकीकरण हुने घोषणा गरेका छन् ।

युवा संघ, नेपालको स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जनवर्गीय संगठनहरुको एकीकरणको कामलाई पनि २ दिन भित्र सम्पन्न गर्न आफूले जोड दिएको स्पष्ट पारे । उनले पार्टीका सबै जनवर्गीय संगठनहरुको एकीकरणको काम सम्पन्न हुने गरी भोली बिहान पार्टीको सचिवालयको बैठक बोलाइएको पनि जानकारी दिए ।

अन्य संगठनहरुको एकीकरणको काममा केही ढिलाई हुन सक्ने दाहालको भनाई छ । अध्यक्ष दाहालले जनता र राष्ट्रको चाहना र भावनाको जगमा दुई पार्टीबीच एकता भएको स्पष्ट पारे । उनले पार्टीका नेताहरु केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन आफूले पहल गरेको स्मरण गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here