लागु औषध गाजा सहित २ जना पक्राउ

363

सर्लाही– सर्लाहीको लालबन्दीबाट ठुलो परिमाणमा लागु औषध गाजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका–१४ गंगटेबाट १ सय किलो गाजासहित सर्लाहीकै सानोकान्छा योञ्जन र पर्साको पर्सागढी नगरपालीका–९ मनवा बजारका ३४ बर्षका प्रगन सहनीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट सय किलो गाजा, गाजा बनाउन प्रयोग गरिने काठको फर्मा,लगायतका सामानहरु समेत बरामत गरिएको ईलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको छ ।

पक्राउ परेका उनीहरु दुबै जना लागु औषध ओसार पसारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here