भारतले प्यास मेटाउने रोबोट बनायो

89

एजेन्सी / भारतको मुम्बईमा पानी पियाउने रोबोट निर्माण गर्न सफल भएको छ । नीलो एलईडी आँखा भएको यो रोबोट हेर्दाखेरी कूल देखिन्छ अनि यसले गर्मीमा मानिसहरूलाई चिसो पानी पनि पियाउँछ । रोबोटमा रहेको ओपन थिच्दा पानीको बोतल हातमा आइपुग्छ । रोचक कुरा त के भने यो रोबोट १२ देखि १५ वर्ष उमेरका बालबालिकाले बनाएका हुन् । मुम्बईको अँधेरीस्थित एसपी रोबोटिक्स मेकर्स ल्याबमा आठजना बालबालिकालाई रोबोटिक्सको तालिम दिएको थियो । ती बालबालिकाले एक महिना लगाएर रोबोटिक्स कक्षामा ज्यास्पर नामक रोबोट बनाएका हुन् ।

एसपी रोबोटिक्सका मेन्टर आनन्द मुठरियाले भने, ‘अमेरिकामा डेलिभरी रोबोट प्रचलनमा छ । हाम्रा विद्यार्थीहरूले पनि त्यस्तै रोबोट बनाउने इच्छा बनाएका देखाएका छन् ।’ ज्यास्पर एन्ड्रोइड यापबाट चल्ने रोबोट हो । यसले एकपटकमा ५० वटा बोतल निकाल्छ । विद्यार्थीहरूले यसलाई व्यस्त स्थानमा लग्छन् र छेउमा बसेर यसलाई सञ्चालन गर्छन् । यसमा भएको आवाज प्रणालीले वरपरका मानिसलाई टन्न पानी पिइरहन सल्लाह दिन्छ । रोबोट बनाउनका लागि रोबोटिक्स, ब्लुटूथ कन्फिगरेसन र कोडिङका अवधारणा सिकेका थिए र रोबोट बनाउन त्यसको उपयोग गरे । अल्ट्रासोनिक सेन्सर, जीपीएस र क्यामरा लगाएर यसलाई स्वचालित बनाउने विषयमा विद्यार्थीहरू अनुसन्धान गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here