यस्ता छन् गर्मीयाममा मेवा फलफूलबाट पाइने फाइदा

56

उपत्यका लगाएत देशका विभिन्न ठाउँहरुमा ह्वात्तै गर्मी बढि रहेका छन् । यस्तो अवस्थामा स्वस्थ्य रहन खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । यसका अलावा गर्मीयाममा विभिन्न फलफूलको सेवन गर्नु लाभदायी मानिएको छ । मेवा प्रायः जसो मानिसहरुलाई मन पर्ने फलफुल हो । हामी मध्ये धेरैले यसको महत्व नै नबुझी प्रयोग गरिरहेका हुन्छौँ । मेवाका स्वादका कारण प्रभावित बनेका तपाई हामीले जान्नै पर्ने र आफ्नो दैनिक आहारामा छुटाउँदै नहुने मेवाका विशेषताहरू यस्ता रहेका छन् । थोरै क्यालोरी, धेरै पौष्टिक तत्व भएको यो गुनिलो फललाई मोटोपन घटाउन प्रयास गरिरहनु भएका मानिसहरूले आहाराको रुपमा लिन सक्नुहुन्छ । कब्जियत र अपच भएको बेला मेवाको सेवन गर्नाले राहत मिल्छ । टुक्रा पारिएको मेवाले छालाको घाउ र चोटपटक लागेको ठाउँमा लगाएमा निको पार्छ । मेवा सही मात्रामा खाने गरेमा मानिस शरीरको रोगविषहरुबाट छुटकारा दिन्छ । यसको नियमित प्रयोगले क्यानसर हुनबाट समेत जोगाउँछ । मेवाले कपाल बढाउनमा समेत मद्दत गर्छ । यसका अन्य फइदाहरु यस प्रकार रहेका छन् :–

  • जन्डिसका बिरामीले मेवाको नियमित सेवन गर्नु फाइदाजनक छ ।
  • यसले कलेजोलाई क्रियाशील बनाउन मद्दत गर्छ ।
  • मेवा गाउँघरमा समेत सहजै फलाउन सकिने सस्तो फल पनि हो ।
  • मेवामा भिटामिन बी पनि पर्याप्त पाइन्छ ।
  • यसले शरीरमा फोलिक एसिड, तथा भिटामिन बी का विभिन्न रुपहरुको कमी हुन दिँदैन ।
  • मेवाको बियाँमा जिवाणु प्रतिरोधी गुण हुन्छ ।
  • मेवाको बियाँ पिँधेर घाउमा लगाउँदा घाउमा थप संक्रमण हुन दिदैन र घाउ छिटै निको हुन्छ ।
  • मेवामा प्रशस्त मात्रामा भिटामिन ए पाइने भएकोले यसको नियमित सेवनले आँखा तेजिलो बनाउँछ । साथै यसले रगतलाई सफा पनि बनाउँछ ।
  • पर्याप्त फाइबर पाइने भएकाले कब्जियत तथा अन्य पाचन प्रक्रिया सम्बन्धि समस्या समाधान गर्न मद्दत गर्छ ।
  • मेवाको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
  • मेवाको नियमित सेवनले कलेजोलाई स्वस्थ राख्नुका साथै छालालाई पनि सुन्दर तथा स्वस्थ राख्न मद्दत गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here