आगलागीबाट ५६ लाख १० हजार रुपैयाँ बराबरको धनमाल नष्ट

200

काठमाडौं- करिब ५ घण्टाको अवधिमा देशका ४ स्थानमा आगलागी हुँदा करिब ५६ लाख १० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बिहीबार दिउसो १४:०० बजेदेखि २१:०० बजेसम्मको सो अवधिमा भोजपुर, सप्तरी, बर्दिया र कपिलवस्तुमा भएका छुट्टाछुट्टै आगलागीमा उक्त क्षति भएको हो ।

आगलागीका घटनामा भएका उक्त क्षतिमध्ये भोजपुर भोजपुर नगरपालिका-७ बस्ने बखतलाल श्रेष्ठको घरमा चुलोबाट आगो सल्किएर आगलागी हुँदा घर र सोही घरमा रहेको किराना पसल समेत जलेर करिब ५२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । यसैगरी सप्तरी राजगढ गाउँपालिका-१ झुट्की बस्ने जितेन्द्र यादवको गोठमा आगलागी भई उक्त आगो फैलिएर जितेन्द्र यादव समेत ५ जनाको ५ वटा गोठ र ३ वटा परालको टाल जलेर करिब १ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी बर्दिया बढैयाताल गाउँपालिका-२ फुटाहा बस्ने चेप्पन गिरीको परालको टौवामा आगलागी हुँदा परालको टौवा, भान्सा घर र मोटरको पाईप जलेर करिब १ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैगरी कपिलवस्तु यशोधरा गाउँपालिका-७ सोमडिहा बस्ने लौटन पासीको घरमा खाना बनाउने क्रममा आगलागी हुँदा करिब १ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

नेपाल प्रहरी, सशस्र प्रहरी बल, नेपाली सेना, स्थानीयबासी र दमकलको सहयोगमा सबै स्थानको आगो नियन्त्रणमा आएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । साथै आगलागीका घटना हुन नदिन नेपाल प्रहरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विशेष सचेतनामूलक कार्यक्रम संचालन गरी आगलागीबाट बच्ने उपायबारे जानकारी समेत गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here