आज परम्परागत विवाह गर्दै रवि-निकिता

151

काठमाडौं / पत्रकार रवि लामिछाने र निकिता पौडेलबीच आज शुक्रबार औपचारिक रुपमा विवाह हुँदैछ। रविले अदालतमा कोर्ट म्यारिज गरेको चार महिनापछि परम्परागत विवाह गर्न लागेका हुन्। विवाहमा रविले परिवारका सदस्य र आफन्तलाई मात्र बोलाएका छन्।

विवाहको कार्यक्रम गोप्य राखिएको छ। अदालतमा कोर्ट म्यारिज गरेपछि रविले आफ्नो फेसबुक पेजमा ‘जीवनले नयाँ मोड लिएको, एक अर्काका परिवार, आफन्त र नागोताको छलफल र अनुमतिमा विवाह गरेको’ उल्लेख गरेका थिए। उनले लेखेका थिए, ‘यो निर्णय यति छिटो गर्ने योजना नै थिएन।तर हामी दुवैप्रति जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजवीन चल्यो त्यसले हामीलाई एक अर्काको खाँचो प¥यो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here