गल्तीका कारण महिला बनिन् करोडपति

192

एजेन्सी / कोही मानिस गल्तीका कारण करोडपति बाट रोडपति बन्दछन् । तर कोही भाग्यमानी मान्छे चाहीँ सानो गल्तीका कारण करोडपति बन्दा रहेछन् । अमेरिकामा एकजना महिला आफ्नो गल्तीका कारण करोडपति बनेकी छिन् । आफुले गरेको सानो गल्ती ती महिलाका लागि बरदान सावित भयो ।

मिचिगनमा बस्ने एन्टोनेट ओस्ली नामकी ती महिलाले सानो गल्ती गरिन्, जसका कारण उनले झण्डै एक करोड बराबरको रकम जितिन् । एन्टोइनेट चिठ्ठामा दाउ खेल्न निकै शौखिन थिइन् । हरेक पटक जस्तै उनले यसपटक पनि आफ्नो बच्चाको जन्ममिति र उमेरको अंक छानेर चिठ्ठा टिकट खरीद गरिन् । तर उनले आफ्नो बच्चाको जन्ममिति २० हुनुपर्नेमा भुलवस १९ नम्बरको लट्री टिकट खरीद गरिन् । उनले मिचिगनको चर्चित लट्री फन्टासी फाइभको टिकट खरीद गरेकी थिइन् । जुन अनलाइन र अफलाइन दुबै रुपमा उपलब्ध छ ।

भुलबस २० को साटो १९ नम्बरको टिकट काटेकी ओस्लीका लागि त्यहीँ गल्ती शौभाग्य बन्यो । जब उनले लट्रीको नतिजा एप मार्फत हेरिन् तब आफुले काटेको टिकट नम्बर विजेताको रुपमा देख्दा उनको भुइँमा खुट्टा रहेन । उनले ८५ हजार डलर जितेकी थिइन् । आफुले जितेको त्यो रकमबाट एउटा घर किन्ने सोँच उनले बनाएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here