गुणस्तरीय शिक्षामा जोड दिन सरकारलाई शिक्षाविद्हरुको सुझाव

87

काठमाडौं / शिक्षाविद्हरुले गुणस्तरीय शिक्षामा जोड दिन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । शिक्षाविद् डा. सुरेशराज शर्मा र केदारभक्त माथेमाले गुणस्तरीय शिक्षामा जोड दिन सरकारलाई सुझाव दिनुभएको हो । आज शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौं विश्वविद्यालयका पूर्व उपकूलपति समेत रहनु भएका शर्माले शिक्षण संस्थाहरुले बेरोजगारहरुको उत्पादन गरिरहेकाले सरकारले त्यसलाई गुणस्तरीय बनाउन जोड दिनुपर्ने स्पष्ट पार्नु्भयो ।

उनका अनुसार, विश्वविद्यालयलाई सरकारले नियन्त्रण गर्न नहुने कुरामा जोड दिनु भयो । शिक्षाविद् एवम् त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति केदारभक्त माथेमाले विश्वविद्यालय आफैँलाई अपनत्व अनुभव हुनेगरी आवश्यक संरचना निर्माण गर्न सरकारसँग माग गर्नुभयो । उनले उहाँले विश्वविद्यालयको नियमनका लागि छुट्टै निकाय गठन गरे त्यो बढि प्रभावकारी हुने तर्क पनि गर्नुभयो । सरकारको नियन्त्रणमा रहेकै कारण नेपालका विश्वविद्यालयहरुले गुणस्तरीय शिक्षा दिन नसकेको शिक्षाविद् माथेमाको तर्क छ । शिक्षाविद्हरुले विश्वविद्यालयको शिक्षा खस्कनुमा राजनीतिक हस्तक्षेप मुख्य कारण रहेको पनि औंल्याएका थिए । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति महेशकुमार शर्माले विगतमा राजनीतिक हस्तक्षेप भएकै कारण विश्वविद्यालय तहको शिक्षा उपलब्धिमूलक हुन नसकेको स्पष्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here