नेपाली बक्सिङ टोली अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा भाग लिन भारत प्रस्थान

147

काठमाडौं / दोस्रो इन्डियन खुला महिला तथा पुरुष अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा भाग लिन नेपाली टोली शुक्रबार गुवाहटीतर्फ प्रस्थान गरेको छ । भारतको गुवाहटीमा मे १९ देखि २५ सम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ ५१ केजी तौल समूहमा एपीएफ क्लबकी माला राई, ५४ केजीमा आर्मी क्लबकी मिनु गुरुङ, ५७ केजीमा आर्मीकै चन्द्रकुमारी थापा, ६० केजीमा एपीएफकी संगिता सुनार र ६४ केजीमा आर्मीकी पुनम रावलले प्रतिस्पर्धामा गर्नेछन् । पहिलो संस्करमा महिलातर्फ आर्मीका बिमला श्रेष्ठ र पुनम रावलले कांस्य जितेका थिए । यसैगरी पुरुषतर्फ ५२ केजीमा आर्मीका तेजवहादुर देउवा, ५६ केजीमा झापाका सुरेन्द्र राई, ६० केजीमा एपीएफका प्रकाश लिम्बु ईजम, ६४ केजीमा पुलिसका भुपेन्द्र थापा, ६९ केजीमा एपीएफका विकास लामा र ९१ केजी माथिको तौल समूहमा आर्मीका आशिस दवाडीले प्रतिस्पर्धा गर्ने छन् ।

टोलीको मुख्य प्रशिक्षकमा प्रकाश थापामगर, प्रशिक्षकमा हरिषवहादुर चन्द र रमेशदास श्रेष्ठ रहेका छन् । व्यवस्थापकमा टर्कराज राई छन् । पहिलो संस्करणमा नेपाल आर्मीबाट प्रतिनिधित्व गरेका नेपालका विमला श्रेष्ठ र पुनम रावलले काँस्य जितेका थिए । प्रतियोगितामा विश्वका २४ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here