सरकारले भ्रष्टाचार नियन्त्रण गरेको प्रधानमन्त्री ओलीको दाबी

115

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार नियन्त्रण गरेको दाबी गरेका छन् ।

मदन आश्रित स्मृती दिवस तथा पार्टी एकताको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा उच्च स्तरीयहरु पक्राउ परिरहेको भन्दै सरकारले भ्रष्टाचार नियन्त्रण गरेको दाबी गरेका हुन्।

सरकारले वालुवाटारको जग्गा प्रकरणमा छानविन गरेको जनाए साथै आफैमाथि विभिन्न आरोपहरु लाग्ने गरेको भन्दै दुखेसो गरे।

उनले नीति तथा कार्यक्रमको आलोचना गर्ने ठाउँ नभेटर ‘मेरो सरकार’को आलोचना भएको भन्दै ‘मेरो सरकार’ नभने कस्को सरकार भन्ने भन्दै प्रश्न तेर्साए। ओलीले अन्य देशमा पनि यही चलन भएको तर पनि पुरानो पार्टी नेपाली कांग्रेसले यति कुरा नबुझ्दा अचम्म लागेको जनाए ।

प्रधानमन्त्री ओलीले पार्टीमा केही कमीकमजोरी भए सच्याउँदै पार्टीलाई नमुना पार्टी बनाउने समेत दाबी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here