प्रदेश सरकारले ६ दिन मात्रै सार्वजनिक बिदा दिन पाउने

269

काठमाडौ‌ं – प्रदेश सरकारले आफूखुशी सार्वजनिक विदा दिन थालेपछि संघीय सरकारले अंकुश लगाएको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्रदेश सरकारले बढीमा ६ दिन मात्रै विदा दिन पाउने व्यवस्था गरेको छ।

गृह मन्त्रालयले राजपत्रमा सार्वजनिक गरेको सूचनामा सरकारले निर्णय गरी तोकेका सार्वजनिक विदाको अतिरिक्त प्रदेश सरकारले आ–आफ्नो प्रदेशमा प्रचलित धर्म, संस्कृति र रीतिस्थितिसमेतलाई दृष्टिगत गर्दै घोषणा गरेको वर्षको बढीमा ६ दिनसम्मको सार्वजनिक विदामा सम्बन्धित प्रदेशमा रहेका सरकारका कार्यालयसमेतमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

यसअघि विभिन्न प्रदेशस्तरको चाडवाडमा प्रदेश सरकारले विदा घोषणा गर्दा सरकारको कार्यालय विदा भएको थिएन। विदा नहुँदा अन्योल उत्पन्न भएपछि गृह मन्त्रालयले प्रदेश स्तरमा ६ दिन विदा दिँदा सरकारको कार्यालयसमेत विदा दिने निर्णय भएको हो ।

राजपत्रको सूचनामा आफ्नो प्रदेशभरि लागू हुने गरी ६ दिनभन्दा बढी सार्वजनिक विदा घोषणा गरेमा गृह मन्त्रालयको निर्णयअनुसार हुने उल्लेख छ । प्रदेश सरकारले बढीमा ६ दिन विदा दिने निर्णय गरेतापनि उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका सरकारका कार्यालयको हकमा सो विदा लागु हुनेछैन । तीन जिल्लाको विदाको व्यवस्था गृह मन्त्रालयको निर्णयबमोजिम हुने राजपत्रमा उल्लेख छ । नेपाल समाचारपत्र दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here