गृहकार्य नपुगेको भन्दै नेकपा बैठक स्थगित

167

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।

आज विहान ११ बजे बस्ने भनिएकोे बैठक गृहकार्य नपुगेको भन्दै स्थगित भएको हो ।   बैठक अनिश्चित कालका लागि स्थगित भएको हो । पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यको कार्य विभाजन टुंगाउने उद्देश्यका साथ बोलाइएको सो बैठक  एकाएक स्थगित भएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ।

बैठकमा पोलिटब्यूरोमा रहने सदस्यको नामावली र केन्द्रीय सदस्यको कार्य विभाजनबारे सामान्य छलफल भएको भएपनि थप छलफल गर्नुपर्ने भन्दै आइतबारका लागि बैठक तय गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here