प्रहरीको टोलीले चितुवाको छाला बरामद

86

दोलखा / दोलखामा सशस्त्र प्रहरीको टोलीले दुर्लभ वन्यजन्तु चितुवाको छाला बरामद गरेको छ । सशस्त्र प्रहरी बल १८ नं गुल्मको टोलिले तामाकोशी गाँउपालिका–५ किर्नेबाट चितुवाको छाला बरामद गरेको हो ।

बरामद गरिएको छाला साढे पाँच फिट लामो रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । छाला किनबेच हुन लागेको भन्ने सूचनाका आधारमा जाँदा सामान बोक्ने व्यक्ति प्रहरी देखेपछि भागेका प्रहरीले जनाएको छ । छाला आवश्यक कारवाहीका लागि डिभिजन बन कार्यालयमा बुझाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here