तथ्य बंग्याउने दुई पत्रकार निलम्बित

194

एजेन्सी / यहुदी नरसंहारबारे बनाइएको भिडियोमा तथ्यहरू बंग्याएर प्रस्तुत गरेको पाइएपछि कतारको अल—जजिरा टेलिभिजनले आफ्ना दुई पत्रकारलाई निलम्बित गरेको छ।

दोस्रो विश्व युद्धका क्रममा नाजीहरूले यहुदीमाथि गरेको अत्याचारबारे केन्द्रीत उक्त भिडियो अल—जजिराको वेवसाइटमा राखिएको थियो । उक्त नरसंहारमा ६० लाख यहुदी मारिएका थिए। तर भिडियोमा उक्त संख्या बढाइचढाइ गरेको पाइएपछि पत्रकार कारबाहीमा परेका हुन् । त्यसबाहेक उक्त भिडियोमा भिन्दै देशको रुपमा इजरायलमा जन्मिनुलाई ‘नरसंहारको सबैभन्दा ठूलो प्राप्ति’ का रुपमा अर्थ्याइएको थियो। होलोकास्टको सत्य र यसबाट यहुदी आन्दोलनले प्राप्त गरेको लाभु शीर्षकमा प्रसारित उक्त अरबी भाषाको भिडियोलाई इजरायली सरकारले ‘निकृष्ट र घृणा फैल्याउने प्रकृतिकोु भनेको थियो । कतारका प्रसिद्ध पत्रकार मेहदी हसनले ‘वाहियात सामग्री उत्पादन गर्ने पत्रकारलाई कारबाही गरेर टेलिभिजनले राम्रो काम गरेको’ प्रतिक्रिया दिएका छन्। अल-जजिराले भिडियो डिलिट गरिएको जानकारी दिँदै सबै प्रकारका जातजाति, धर्म संस्कृति र मूल्य मान्यताको सम्मान गर्ने नीतिमा अटल रहने प्रष्टोक्ति दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here