पुदिनाको अनेक फाइदा , आजैदेखि सेवन गर्नुहोस्

291

पुदिनामा औषधीय गुण पाइन्छ । सहरतिर घरको छतमा, बरण्डामा, गमलामा समेत हुर्काउन सकिने पुदिनाको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य रोगबाट बचाउँछ ।

पुदिनाको सेवन मात्र होइन यसका पातको लेप बनाएर लगाउँदा विभिन्न खाले छालाका समस्या पनि कम हुन्छन् । पुदिनाको पातहरु सँगै ३ थोपा जती कागतीको रस मिलाएर मुहारमा लगाउने र पाँच मिनेट पछि यसलाई सफा गर्नु पर्दछ ।

एक हप्ता सम्म निरन्तर यसको प्रयोग गरेमा अनुहारमा आउने डण्डिफोर र डण्डिफोरबाट बनेका खिलबाट पुरै मुक्ति पाउन सक्नुहुनेछ ।

साथै करिब एक गिलास पानिमा पुदिनाका १० वटा जति पातहरु, थोरै कालो मर्चा र थोरै कालो बिरेनुन हालेर उमाल्नु पर्दछ ।

पाँच मिनेट उमालिसकेपछि पानी छानेर पिएमा रुघा खोकीबाट बच्न सकिन्छ । पेट दुखेको बेलामा अदुवाको रससँग यसको पात घोटेर पानी बनाएर खाएमा दुखाइ कम हुन्छ ।

प्याज र पुदिनाको रस मिलाएर नाकमा नियमित हाल्ने गर्नाले पिनास कम हुन्छ । सलादमा दिनहुँ पुदिना चपाएर खानाले दाँत सड्ने, गिँजा सुन्निने जस्ता समस्या दूर हुन्छन् । पुदिनाको पात पानीमा उमालेर चिसो बनाएपछि उक्त पानी पिउने गर्नाले मुखको दुर्गन्ध हट्छ ।

गिजालाई पनी यो विधिले बलियो पार्दछ । यसैगरी यदी शरिरमा दाद वा छालामा फुस्रोपना आएमा पुदिनाको पातलाई दिनमा चार पटक दाद आएको ठाउँ वा फुस्रो भएको ठाउँमा लगाएमा निको पार्दछ ।

पुदिनाले बिच्छी वा सर्पले टोकेको विषलाई पनि यसले हटाउन सहयोग गर्छ । विष लागेको ठाँउमा पुदिनाको पातको रस लगाएमा विष मार्न सहयोग पुर्‍याउछ ।

खोकी लागेको बेला पुदिनाको रसमा नुन मिलाएर तातो पानीमा मिसाएर पिउनपर्छ । झाडापखाला लागेको बेला पुदिना, प्याजको रस तथा कागतीको रसको मात्रा मिलाएर खाँदा फाइदा हुन्छ । न्यूमोनियाका बिरामीलाई पनि पुदिनाको रस र मह मिलाएर खाँदा फाइदा हुन्छ ।

निकै बाडुल्की लाग्ने वा हिक्का आउने समस्या छ भने पुदिनाको एक चम्चा रस एक गिलास मनतातो पानीमा मिसाएर पिउनुहोस् । सास गन्हाउने समस्या छ भने एक चम्चा पुदिनाको रस र एक चम्चा गाजरको रस मिलाएर नियमित खाने गर्नुहोस् । एक अध्ययन अनुसार पुदिना क्यान्सर रोगीका लागि पनि लाभदायक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here