एउटा घरमात्र भएको अनौठो सहर

310

एजेन्सी  /  कुनै पनि सहरमा कतिवटा घर होलान् ? सयौं घरहरु नभएको ठाउँलाई कसरी पो सहर भन्न सकिएला र ? भन्नुहोला । विश्वमा यस्तो पनि घर हुँदो रहेछ एउटा मात्र घर भएको सहर पनि हुँदो रहेछ । यो सुन्दो खेरि अच्चम लाग्न सक्छ । यस्तो अनौठो घर अमेरिकाको उत्तरी राज्य अलास्कास्थित व्हिटियरको हो । जहाँ एउटा घरले बनेको संसारमै चर्चित सहर रहेको छ । एउटा घरभित्रै सहरमा हुनुपर्ने सबैखाले सुविधाहरु रहेका छन् भन्ने सुन्दा सायद तपाईंलाई अझ अचम्म लाग्ला । उक्त सहरमा केवल एउटा मात्र १४ तले घर छ । त्यसको नाम बेगिच टावर हो । एउटा मात्र घर भएकाले उक्त सहरलाई भर्टिकल टाउन नामले प्रख्यात रहेको छ ।

उक्त एक घरे सहरमा २ सय परिवार बसोबास गर्दै आइ रहेका छन् । भवनमा केवल मान्छेहरु बस्नेमात्र होइन अन्य सहरमा प्रदान गरिने जस्ता सबैखाले सेवा सुविधा प्रदान गर्ने वस्तु तथा सेवाहरु समेत राखिएको छ । भवनभित्र पुलिस चौकी, अस्पताल, पसल तथा चर्च समेत रहेका छन् । उक्त भवनमा काम गर्ने सबै कर्मचारी तथा पसलका मालिकसमेत सोही भवनमै बस्दछन् । सोही कारण त्यहाँ अत्याधुनिक सुविधा उपलब्ध छ । अरु सहरमा भन्दा पनि सुविधा सम्पन्न रहेको छ ।

तात्कालिन शीतयुद्धको समयमा यस भवन सेनाको ब्यारेकको रुपमा प्रयोग भएको थियो । तर पछि त्यहाँ सर्वसाधारण मानिसहरु बस्न थालेको छ । उक्त भवनमा बस्ने मानिसहरुको जीवनशैली पनि अरु आम मानिसको भन्दा भिन्न रहेको पाइयो । उक्त इलाकामा अधिकांश समय मौसम खराब रहन्छ । त्यसैले त्यहाँ बस्ने मानिसहरु बाहिर खासै हिँडडुल गर्न सक्दैनन् । यस एक घरे सहरमा सडक मार्गबाट पुग्न सजिलो छैन । पहाडी सुरुंग तथा कठिन बाटोबाट गुज्रिएर त्यहाँ पुग्नु पर्दछ । साथै सामुद्रिक मार्गबाट पनि त्यहाँ पुग्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here