ठूलो आन्द्राको क्यान्सर पत्ता लगाउन कोलोनोस्कोपीको भूमिका

429

       –डा. सन्दीपराज कुँवर
पेट तथा कलेजो रोग विशेषज्ञ
नर्भिक इन्टरनेशनल हस्पिटल

[email protected]

मैले नर्भिक इन्टरनेशनल हस्पिटलको पाचन प्रणाली तथा कलेजो रोग विभागअन्तर्गत कार्य गर्न थालेयता पेटको ठूलो आन्द्राको अर्बुदरोग (क्यान्सर) को जोखिम भएका, रोग सुरु भइसकेका र रोग निकै जटिल अवस्थामा पुगेका थुप्रै बिरामीहरूको सम्पर्कमा आएको छु । तीमध्ये धेरैजसो रोग लागेको भागको शल्यक्रियात्मक उपचारपछि आवश्यक पर्ने जतिलाई किमोथेरापी वा रेडियसन थेरापी गराइसकेपछि पूर्णतया निको भएका भाग्यमानी परेका छन् भने केही त्यस्ता बिरामीहरू पनि थिए, जसको रोग यत्तिसम्म विकसित र जटिल बनिसकेको थियो कि तिनलाई कुनै पनि उपचारले नछुने अवस्था भइसकेको थियो । ठूलो आन्द्राका धेरैजसो क्यान्सर रोग रोकथाम गर्न सकिने हुँदा हुँदै पनि त्यस्ता रोगका धेरै रोगीहरूलाई तिनीहरू रोगको अन्तिम अन्तिम अवस्थातिर मात्रै हस्पिटल आउने हुँदा तिनको सफलतम उपचार हुन नसक्नु हामी चिकित्सकहरू भन्दा ती रोगीहरू, तिनका आफन्त, परिवार र साथीभाइ बढी दोषी हुन् जस्तो मलाई लाग्छ । रोगको बचावट गर्नसक्ने प्रविधि र सुविधा हुँदाहुँदै पनि त्यसको सदुपयोेग हुन नसक्नु अति नै दुःखदायी र पीडादायी हो भन्ने कुरामा दुईमत छैन । त्यो दुःख र पीडा केवल बिरामी स्वयम्, बिरामी पक्ष र हामी चिकित्सकको मात्रै पनि होइन, त्यो हाम्रो समग्र समाज र राष्ट्रको पनि हो ।
त्यसो हो भने पेटको ठूलो आन्द्राको अर्बुदरोग (क्यान्सर) बाट कसरी जोगिन सकिन्छ र प्राणघातक रोगबाट कसरी मुक्ति पाउन सकिन्छ, कसरी त्यसबाट भयरहित र त्रासयुक्त हुन सकिन्छ भन्नेतर्फ आजै सोच्नु बहुजन हितायमै हुन्छ भन्ने मलाई लाग्दछ ।

ठूलो आन्द्रा के हो ?
यो हाम्रो पेटमा रहेको करिब ५–६ फिट लामो अङ्ग्रेजी वर्णमालाको ‘यू’ आकारको आन्द्रा हो । ठूलो आन्द्रा पेटको माथिल्लो भागतिर रहने सानो आन्द्राको एक अभिन्न र निरन्तर जोडिएको एउटा विशेष अङ्ग पनि हो । ठूलो आन्द्राका पनि विभिन्न भागहरू हुन्छन्ः जस्तो कि सिकम ९अभअगm०, एसेन्डिङ्ग कोलन ९बकअभलमष्लन अययिल०, ट्रान्भर्स कोलन ९तचबलकखभचकभ अययिल०, डिसेन्डिङ्ग कोलन ९मभकअभलमष्लन अययिल०, सिग्मोइड कोलन ९कष्नmयष्म अययिल०, मलाशय र मलद्वार । यसको एक्स–से गरेर हेर्दा सामान्यतया ठूलो आन्द्रा वायुले भरिएको र केही मात्रामा पचिसकेको वा अपच, त्याग गर्न बाँकी मल (दिसा) पनि रहेको पाइने गरेको छ । कोलोनोस्कोपी 
कोलोनोस्कोपी भन्नाले एउटा त्यस्तो प्रक्रियालाई बुझ्नुपर्छ, जसका माध्यमबाट ठूलो आन्द्राका सबै भागहरू राम्रोसँग हेर्न सकियोस् । अन्दाजी १ मिटर जति लामो एक विशेष पाइप, जसको टुप्पोमा क्यामेराको लेन्स, बत्तीको चिम, आवश्यक औजारभित्र पठाइने माध्यम ९क्ष्लकतचगmभलत अजबललभ०ि जडान गरिएको हुन्छ, उक्त पाइपलाई दक्ष पेटरोग विशेषज्ञ स्वयम्ले वा निजको उपस्थिति र निर्देशनमा विशेष तालीमप्राप्त प्राविधिकले बिरामीको मलद्वारबाट ठूलो आन्द्राको माथिल्लो भाग अर्थात सिकम ९अभअगm० सम्म पठाउँछन् । मैले आफैले यो प्रक्रिया अपनाउँदा चाहिँ म धेरैजसो अवस्थामा म अझै भित्र अर्थात् सानो आन्द्रासम्म पनि पुग्ने गर्दछु, ताकि आन्द्रामा कतै क्षयरोग जस्ता खतरनाक एवम् पीडादायी रोग र आन्द्रासम्बन्धी अन्य सबै सम्भाव्य रोगहरू समेत पत्ता लगाउन र निक्र्योल गर्न सकियोस् । यसले गर्दा आन्द्रामा लुकेर रहेका अन्य कुनै रोग पनि पत्ता लगाउन नसकिने अवस्थाबाट बच्न नसकून भन्ने पनि हो ।

ठूलो आन्द्रामा अर्बुदरोग भए/नभएको जाँच्ने तथा निगरानी गर्ने तरीका 
कोलोनोस्कोपी ठूलो आन्द्राको रोग पत्ता लगाउने तथा निगरानी गर्ने उपयुक्त, भरपर्दो र उत्कृष्ट विधि हो । त्यसका साथै दिसामा रगत भए÷नभएको पत्ता लगाउन दिसाको प्रयोगशाला परीक्षण, फ्लेक्सिवल सिग्मोइडोस्कोपीका साथ डबल कन्ट्राष्ट वेरियम एनिमा समेत गर्दा रोग पत्ता लगाउन निकै सहज हुनेगर्छ । तर पनि मेरो व्यक्तिगत विचारमा चाहिँ ठूलो आन्द्राको कुनै पनि रोग पत्ता लगाउन कोलोनोस्कोपी नै मेरो प्रथम छनौट हुने गरेको छ । यद्यपि बिरामीमा कोलोनोस्कोपीप्रतिको कडा खालका पाश्र्व प्रभाव र पूर्ण असहिष्णु नभएसम्म ठूलो आन्द्राका तमाम रोगहरू पत्ता लगाउन अपनाइने प्रक्रियाहरू मध्ये ‘कोलोनोस्कोपी’ नै मेरो पहिलो रोजाइ रहिआएको छ ।

कस्ता व्यक्तिले परीक्षण गराउनु पर्दछ ?
कोलो–रेक्टल क्यान्सर रोगका लक्षण देखिएका वा शङ्का लागेका बिरामीहरूमा परीक्षण गर्दा बिरामीलाई रोग लाग्नबाट बचाउनुका साथै तिनलाई मृत्युको भवितव्यबाट समेत बचाउन सकिन्छ ।

कस्ता व्यक्तिले जाँच गराउने ?
ठूलो आन्द्रा तथा मलाशयसँग सम्बन्धित तमाम अर्बुदरोग हुनसक्ने सम्भाव्यता भएका बिरामीहरू वा रोगका शङ्का भएका वा रोगका लक्षण देखापरेका बिरामीहरूले उपरोक्त बमोजिमका जाँच÷पड्ताल अपनाउनु अत्यन्त अपरिहार्य हुन आउँछ । उक्त जाँच/ पड्तालका माध्यमबाट यदि रोग लाग्ने जोखिम भएका बिरामीहरू भए पनि रोग रोकथाममार्फत ठूलो आन्द्रा तथा मलाशयको अर्बुद रोगकै कारण ज्यान गुमाउनसक्ने बिरामीहरूलाई अकालमै मृत्युवरण गर्नबाट बचाउन सकिन्छ ।

पश्चिमी मुलुकहरू त ठूलो आन्द्रा तथा मलाशयको अर्बुदरोगबाट बिरामीहरूलाई बचाउन अपनाइने विधिहरू मध्ये कोलोनोस्कोपी ज्यादै प्रचलित प्रक्रिया भएको पाइन्छ । ठूलो आन्द्रामा देखिने÷पाइने मांशपेशीको गिर्खाहरू अर्थात् सुन्निएका मांशपेशीका डल्लाहरू नै कालान्तरमा अर्बुदरोगमा परिणत हुने गरेका समेत पाइएको छ । तसर्थ, अर्बुदरोग लाग्नुपूर्वका त्यस्ता मांशपेशीका गिर्खाहरू÷डल्लाहरूलाई समयमै हटाई, बायोप्सी परीक्षणमार्फत् तिनको रोगको प्रकृति यकिन गरिसकेपछि सोहीबमोजिम औषधोपचार गर्दा धेरै खाले अर्बुदरोगबाट बिरामीलाई बचाउन सकिन्छ । यद्यपि गिर्खाहरू भएका बिरामीहरूमा गिर्खा नपाइएका बिरामीको तुलनामा अर्बुदरोग हुनसक्ने जोखिम ज्यादै हुन्छ । हालैको अध्ययनले के देखाएको छ भने रोगको शङ्का लागेका वा केही प्रारम्भिक लक्षण भएका बिरामीको कोलोनोस्कोपी गरिएको ३ देखि ५ वर्ष भित्रमा अर्बुदरोग हुनसक्ने सम्भावना रहन्छ । त्यसलाई समयको अन्तरालमा हुने अर्बुदरोग पनि भनिन्छ ।
तसर्थ, ५० वर्ष उमेर काटेका र समस्याग्रस्त हरेक व्यक्तिले निजको नजिकैको पारिवारिक व्यक्तिमा त्यस्तो रोग भएको पूर्व इतिहासै नभए पनि रोगको जाँच÷पड्ताल गर्नु भने अति नै आवश्यक हुन्छ । वास्तवमा भन्ने हो भने त्यस्तो जाँच/पड्ताल हरेक १० वर्षको अन्तरालमा गराउनु उपयुक्त हुन्छ ।

कस्ता व्यक्तिमा निगरानी परीक्षण गर्ने ?
यदि बिरामीका परिवारमा नाताले नजिकैका व्यक्तिहरू (जस्तै माता, पिता, बाजे, बज्यै, फूपु, काका आदि) मा ठूलो आन्द्राको अर्बुदरोग भएको इतिहास छ भने वंशानुगतरुपमा तिनलाई पनि उक्त रोग हुनसक्ने सम्भावना अत्यधिक रुपमा बढी हुन्छ । तसर्थ त्यस्ता व्यक्तिले समय–समयमा रोगप्रति चनाखो हुँदै, निगरानी राख्दै आवश्यक जाँच÷पड्ताल गराइरहनु बुद्धिमानी हुनेछ । नजिकैका पारिवारिक व्यक्तिमा जुन उमेरमा त्यस्तो प्राणघातक रोग पत्ता लागेको हो, सो भन्दा पहिले नै रोगसम्बन्धी निगरानी/ परीक्षण गराउनु उपयुक्र हुनेछ ता कि भविष्यमा आइपर्नसक्ने भवितव्यबाट जोगिन सकियोस्, रोगलाई रोकथाम गर्न सकियोस् र बिरामीको ज्यान जोगाउन सकियोस् ।
आन्द्रामा एक पटक गिर्खाहरू, गाँठा/गुठी पत्ता लगाइसकेपछि, तिनको वर्गीकरण गर्दा उपचार गर्ने तौर तरीका र विधिबारे समयमै निक्र्यौल गर्न सकिन्छ । यदि त्यस्ता गिर्खाहरूको बायोप्सी जाँच गर्दा अर्बुदरोग हुनसक्ने जोखिम पाइएमा प्रत्येक ३ देखि ५ वर्षको अन्तरालमा कोलोनोस्कोपी परीक्षण गराइरहनु पर्नेछ ।

परिवारका नजिकैका पूर्वजमा जुन उमेरमा अर्बुदरोग देखिएको हो, त्यहिअनुसार सम्बन्धित बिरामीमा निगरानी राख्दै कोलोनोस्कोपी लगायतका अन्य परीक्षणहरू सुरु गर्दा आशातीत नतिजा प्राप्त गर्न सकिने सम्भावना बढी हुन्छ । नजिकैको पारिवारिक पूर्वजमा कम उमेरमा उक्त रोग पत्ता लागेको भएमा सो उमेरभन्दा पहिले नै अन्यथा ४० वर्षको उमेर पुग्दा निगरानीका लागि गरिने परीक्षण सुरु गर्न सकिन्छ । रोग पत्ता लागेको उमेर भन्दा १० वर्ष पूर्व नै निगरानी परीक्षण सुरुगर्नु अझै बुद्धिमानी हुनेछ ।
त्यस्तै अल्सरेटिभ कोलाइटिस रोग भएका व्यक्तिले रोग पत्ता लागेको १५ वर्षपछि र अल्सरेटिभ प्यानकोलाइटिसको इतिहास भएको व्यक्तिले रोग पत्ता लागेको ८ वर्षपछि हरेक १–२ वर्षको अन्तरालमा कोलोनोस्कोपी गर्नुपर्छ । एडेनोमाटस् पोलिप्स् (गिर्खाहरू) र गिर्खा विनाको वंशानुगत अर्बुदरोगको पारिवारिक इतिहास भएका व्यक्तिले भने निगरानीका लागि कम उमेरमै अर्थात् ४० वर्षभन्दा पहिल्यै कोलोनोस्कोपी गराउनु आवश्यक हुन्छ । सो सम्बन्धमा विविध निर्देशिकाहरू प्राप्त छन् । तिनलाई अनुसरण गर्दा नतिजा राम्रै हुन्छ ।

सारांशः
ठूलो आन्द्राको अर्बुदरोग रोकथाम गर्न सकिने रोग हो, यदि समयमै त्यसलाई पत्ता लगाइएमा । रोगको कुरा गर्दा पहिला स्वास्थ्य त्यसपछि धनको कुरा गर्दा राम्रो हुन्छ । समयमै रोग पत्ता लगाई उपचार गर्दा अथाह धनराशी त जोगिन्छ नै बिरामीको अमूल्य जीवन समेत बचाउन सकिन्छ ।


हालको नयाँ निर्देशिकाअनुसार ५० वर्ष उमेर काटेका हरेक व्यक्तिले पेटरोग विशेषज्ञको निर्देशनअनुसार निगरानीका लागि मात्रै भए पनि कोलोनोस्कोपी गराउनु श्रेयष्कर मानिन्छ । तर कोलोनोस्कोपी गर्दा जहिले पनि अनुभवी, तालीमप्राप्त र सिद्धहस्त पेटरोग विशेषज्ञको प्रत्यक्ष संलग्नता र निर्देशनबमोजिम उक्त प्रक्रिया अपनाउन मेरो सुझाव छ । किनकि उक्त प्रक्रिया अपनाउँदा ठूलो आन्द्रामा रहेका ट्युमर वा गिर्खाहरू देखिनबाट नछुटून् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here