फेसबुकमा कमेन्ट- ‘पचास लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिन्छु’ भन्ने पक्राउ

176

काठमाडौं- पचास लाख दिएमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मारिदिने फेसबुकमा कमेन्ट गर्ने एक युवक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार फेसबुमा पचास लाख दिएमा प्रधानमन्त्री ओलीलाई मारिदिन्छु भनेर कमेन्ट गर्ने सिन्धुपाल्चोकको लिसाँखु गाउँपालिका-२ घर भइ हाल बानेश्वर बस्ने ३४ वर्षीय लालबहादुर तामाङ पक्राउ परेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी एउटा अनलाइनमा ुपचास करोड दिनुस् म मोदीलाई मारी दिन्छुु, भन्‍ने शीर्षकमा सामाजिक सञ्‍जालमा लेखेको स्टाटसमा उनले सलिम योञ्जन तामाङ भाइ नामक फेसबुक आइडीबाट प्रतिक्रिया दिएको प्रहरीले जनाएको छ ।

महाशाखाका अनुसार उनलाई बानेश्वरबाट पक्राउ गरी बिद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here