विषालु च्याउले लियो तीन जनाको ज्यान

79
3/22/2013--Shelton, WA, USA Pioppini mushrooms (Agrocybe aegerita) from Fungi Perfecti. Paul Stamets, 57, is an American mycologist, author, and advocate of bioremediation and medicinal mushrooms and owner of Fungi Perfecti, a family run business that specializes in making gourmet and medicinal mushrooms. ©2013 Stuart Isett. All rights reserved.

बेसीसहर- लमजुङमा जंगलको विषालु च्याउ खाँदा तीन जनाको मृत्यु भएको छ । जंगली च्याउ खाएपछि बिरामी परेका तीनै जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा क्व्हालोसोंथर गाउँपालिका–९ गिलुङका ५० वर्षीय सुलबहादुर क्षेत्री, उनका १२ वर्षीय छोरा मन्तोष क्षेत्री र छिमेकी १० वर्षीय साजन क्षेत्री रहेका छन् ।

सुलबहादुरकी श्रीमती सरिताको काठमाण्डौंस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । बैशाख २७ गते शुक्रबार जंगली च्याउ खाएपछि बिरामी परेका उनीहरुलाई उपचारको लागि पोखरास्थित गण्डकी मेडिकल कलेज लगिएको थियो ।

सुलबहादुरको छोरा मन्तोषको उपचारको क्रममा नेशनल अस्पतालमा गत बिहीबार नै मृत्यु भएको थियो । उपचार सम्भव नभएपछि काठमाण्डौंबाट घर फर्काइएका साजनको गत सोमबार गाउँमै मृत्यु भएको थियो ।

लमजुङ जिल्ला सामुदायिक अस्पतालका मेडिकल अधिकृत सुलोचन पन्तका अनुसार विषालु च्याउको विष रगतमा फैलिए मानिसको बाँच्ने सम्भावना कम हुन्छ । विषालु केमिकलले मिर्गौला निष्क्रिय बनाउँदा मृत्यु हुने उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here