हरिनारायणको पप्पु कन्ट्रक्सनसहित २६ कम्पनीलाई कर तिर्न ७ दिने अल्टिमेटम

198

काठमाडौं- हरिनारायण प्रसाद रौनियारको कम्पनी पप्पु कन्ट्रक्सनसहित २६ कम्पनीलाई कर तिर्न मध्यमस्तरीय कर कार्यालयले अल्टिमेटम दिएको छ । बिभिन्न माध्यमबाट सम्पर्क गर्दासमेत सम्पर्कमा नआएको भन्दै कर कार्यालयले ति कम्पनीहरुलाई ७ दिन भित्र कर तिर्न अल्टिमेट दिएको हो ।

यो सूचनाबाट पनि ७ दिनभित्र बक्यौता कर दाखिला गर्न र दाखिला भएकोर भए प्रमाण पेश नगरे आयकर ऐन, २०५८ को दफा १०४ देखि ११ सम्मको कुनै प्रक्रिया वा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१९१० बमोजिम बक्यौता रकम असुल उपर गर्ने कार्यालयले जानकारी दिएको छ ।

पप्पुसँगै कर नतिर्नेमा कालिका प्यासिफिक जेभी, सोवर्ण निर्माण सेवा, भैरवी इन्टरप्राइजेज लगायतका रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here