बुटवल / रुपन्देहीको एक औषधि उद्योगमा भीषण आगलागी भएको छ। रुपन्देहीको ओमसतिया गाउँपालिका १ स्थित एसियन फर्मास्युटिकल्स प्रालि (औषधी उद्योग)मा भीषण आगालागी भएको हो ।
उद्योगका अनुसार औषधी स्टोर गरिएको उद्योगको नयाँ भवनमा आगालागी भएको हो। आगालागीबाट ३० करोड भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको उद्योग प्रशासनले जनाएको छ।
दिउसो ४ बजेतिर आगलागी भएपनि डेढ घण्टासम्म दमकल नपुग्दा ठूलो क्षति भएको कम्पनीका कार्यकारी अध्यक्ष हुतानन्द खनालले जनाए । आगलागी नियन्त्रणका लागि भैरहवा, तिलोत्तमा, बुटवल, नवलपरासी लगायत स्थानका दमकल पुगेका छन्।
आगालागीबाट कुनै मानवीय क्षति नभएको रुपन्देहीका एसपी हृदय थापाले जनाए । आगालागी सर्टसर्किटका कारण लागेको जनाइएको छ ।