काठमाडौं- कामीरिता शेर्पाले २४ औं पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर पुनः आफ्नै रेकर्ड तोडेका छन्। उनले मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा सरमाथाको सफल आरोहण गरेर आफ्नै रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गरेका हुन्।
शेर्पाको आरोहण कम्पनी सेभेन समिटका अनुसार शेर्पाले नेपाली मोहोडाबाट शिखर चुम्दै कीर्तिमान राखेका हुन्। आजको आरोहणसँगै कामिरिता २४ पटक सगरमाथाको चुचुरोमा पुग्ने संसारकै पहिलो आरोही बनेका छन्।
यस अघि २३ चोटी सगरमाथा चढ्ने रेकर्ड पनि उनकै नाममा थियो। कामिरिताको २५ पटक सगरमाथाको शिर चुम्ने लक्ष्य छ।