पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या

94

पाँचथर- जिल्लाको मिक्लाजुङ गाउँपालिका-३ मा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको छ। एक किशोरी घाइते भएकी छिन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता एवं प्रहरी निरीक्षक अनिल पौडेलले एक परिवारको ५ र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको जानकारी दिए। घटनाको जानकारी आएलगत्तै प्रहरी प्रमुखसहितको टोली घटनास्थलतर्फ गएको छ।

कसले किन हत्या गर्‍यो भन्ने विषयमा केही खुलेको छैन। घाइते किशोरीलाई उपचारका लागि अस्पताल लगिएको छ । घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here