लक्ष्मी तामाङ बनिन् उदीयमान खेलाडी

305

काठमाडौं / दोस्रो उपराष्ट्रपति कप चिल्ड्रेन गेम्सअन्तर्गत काठमाडौँ जिल्ला उसु छनोट प्रतियोगितामा सनसाइनकी लक्ष्मी तामाङ सोमबार उदीयमान खेलाडी घोषित भएकी छन् । त्यसवापत लक्ष्मीलाई प्रोत्साहन स्वरुप सिनियर खेलाडीले रकम सङ्कलन गरी पाँच हजार पाँच सय रूपैयाँ नगद पुरस्कार प्रदान ग¥यो ।

प्रतियोगिताअन्तर्गत पुरुष छान् छ्वानमा बलम्बु माविका मेमबहादुर लो र महिलामा बुद्ध प्रकाशकी मनिका थापा तथा पुरुष नान छ्वानमा बुद्ध प्रकाशका छिरिङ लामाले स्वर्ण जिते । पुरुष थाइची छ्वानमा बुद्ध प्रकाशका आकाश लुङगेली तथा महिलामा बुद्ध प्रकाशकै मारिया राई पहिलो भएका थिए । विजेतालाई राष्ट्रिय खेलकूद परिषद् ९राखेप० का कोषाध्यक्ष शैलेश कर्माचार्य, सदस्य उपेन्द्र पौडेल, आयोजक काठमाडौँ जिल्ला खेलकूद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपोनलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here