हरिवंशले भने– ‘दाल भात तरकारी’ भन्दा ‘जात्रै जात्रा’ उत्कृष्ट

83

काठमाडौं- शुक्रबारबाट चलचित्र ‘जात्रै जात्रा’ देशभर प्रदर्शन भइरहेको छ । चलचित्रले निकै उत्साहजनक प्रतिक्रियाका साथै व्यापारमा पनि नयाँ उछाल कायम गरिरहेको छ । मल्टिप्लेक्समा चलचित्रको व्यापारको गती रोकिएको छैन । चलचित्रले दर्शक र समिक्षक दुबैको मन जित्यो ।

यसबीच, सोमबार बेलुका ‘जात्रै जात्रा’ टिमले सेलिब्रिटी शोको आयोजना गरेको थियो । उक्त शोमा मह जोडीको पनि उपस्थित थियो । चलचित्र हेरिसकेपछि कलाकार मदनकृष्ण श्रेष्ठले भने–चलचित्र राम्रो बनेको र हेरिरहँदा कतै दिक्क नलाग्ने प्रतिक्रिया व्यक्त गरे।

‘जात्रै जात्रा’लाई मह संचारको ब्यानरमा बसेर काम गरेका प्रदिप भट्टराइले निर्देशन गरेका हुन् । यस्तै, अर्का कलाकार हरिवंश आचार्य आफ्नो सन्तानको कामबाट निकै सन्तुष्ट भएको जनाउँछन् । उनी भन्छन्–‘मलाई मेरो छोरामाथि गर्व छ ।’

हरिवंशले यो बिषयमा भने–‘दाल भात तरकारी भन्दा जात्रै जात्रा उत्कृष्ट छ ।’ ‘दाल भात तरकारी’मा नाटकको स्वाद देखाउन खोजिएकाले दर्शकले पूर्ण सन्तुष्ट हुन पाउनु भएन ।’

विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बाँनिया, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रको शोज मल्टिप्लेक्समा बढ्न थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here