आज बिहानै सगरमाथाको चुचुरोमा पुगे नापी विभागको टोली

118

काठमाडौं /   नापी विभागको टोली सगरमाथाको चुचुरोमा पुगेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्नका लागि खटाइएको टोली आज बिहान ३ बजेर १५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको जनाइएको छ।

सगरमाथाको उचाइ नाप्ने नेपाली नापी विभागको टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २७ गते विदाइ गरेका थिए । विभागका उपसचिव खिमलाल गौतम नेतृत्वको टोली शिखरतर्फ गएको थियो। टोलीका सदस्य रविन कार्कीसहित क्लाइम्बिङ गाइड छिरिङजाङ्बु शेर्पालगायतले शिखरमा पुगेर ‘जिएनएनएस जिपिएस सेट’ गर्ने काम सम्पन्न गरेको विभागको टोलीलाई आरोहण व्यवस्थापनको जिम्मा लिएको पिक प्रमोशन प्रालिका निर्देशक आङबाबु शेर्पाले जनाए।

०७२ को भूकम्पपछि सगरमाथाको उचाइ घटेको अडकलबाजी हुँदै गर्दा सो भ्रम तोड्नका लागि पनि सरकारी टोलीलाई त्यसतर्फ पठाइएको हो।

फाइल तस्बिर – सगरमाथातर्फ जानुअघि प्रधानमन्त्रीद्वारा उचाइ नाप्ने टोलीको बिदाइपछि सामूहिक तस्बिर खिँचाउँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here