कुटनीतिक मर्यादा विपरित अमेरिकी राजदूतको कार्यक्रम

124

काठमाडौ, अमेरिकी राजदूत ¥याण्डी बेरीले सुरु गर्न लागेको ‘जनतासँग गफगाफ’ कार्यक्रम कुटनीतिक मर्यादा विपरित भएको भन्दै सत्तारुढ तथा प्रतिपक्षि दलका नेताहरुले त्यसप्रति आपत्ति जनाएका छन् । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार सिंहदरबारमा पत्रकारहरुसँग बोल्दै अमेरिकी राजदुतले सञ्चालन गर्न लागेको कार्यक्रम कुटनीतिक मर्यादा विपरित भएको बताएका छन् । उनले कूटनीतिक मर्यादा विपरित हुने कार्यक्रम संचालन नगर्न पनि राजदुत बेरीको ध्यानाकर्षण गराएका छन् । उनले कूटनीतिक मर्यादाको पालना ठूला देशले पनि गर्नुपर्ने बताए नेता नेपालले कूटनीतिक मर्यादाको पाठ सिकाउने देशहरुले त यसलाई झन पालना गर्नुपर्ने बताए ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले पनि सरकारको अनुमतिबिना अमेरिकी राजदुत बेरीले जनतासँग प्रत्यक्ष रुपमा गएर कुनै पनि कार्यक्रम गर्न नमिल्ने बताएका छन् । परराष्ट्रमन्त्रालयले पनि अमेरिकी दूतावासको कार्यक्रम कुटनीतिक मर्यादा विपरित भएको जनाएको छ ।
यता अमेरिकी दूतावासले भने बुधबार एक विज्ञप्ति जारी गर्दै कार्यक्रम कुटनीतिक अभ्यासभित्रै पर्ने भन्दै दूतावासले विगत ७२ वर्षदेखि यस्ता कार्यक्रम गर्दै आइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here