गणतन्त्र र संघीयता विरोधीओली सरकार

145

-हुकुमबहादुर सिंह

नेपालको संविधान २०७२, जसको खारेजीका लागि नेकपा (क्रान्तिकारी माओवादी)ले आन्दोलनको घोषणा गरेको छ । यो संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल भनेको छ । तर नेकपा (क्रान्तिकारी माओवादी)ले त्यसको विकल्पमा संघीय जनगणतन्त्रात्मक नेपाल भनेको छ । नेपाली जनताको करीब दुई तिहाई मत संघीय संसदमा र प्रदेश संसदमा ल्याएको डबल नेकपाको सरकारका प्रधानमन्त्री केपी शर्मा ओली भने नेपालका प्रदेशहरु संघका इकाईहरु हुन् भनेर परिभाषित गर्दै हिंडेका छन् । ओलीको यो एकात्मक मानसिकताले कसरी संघीय राज्य संरचनाले प्रभावकारी रुपले कार्यान्वयन हुन सक्छ । उनी आफूलाई नेपालको संविधान २०७२ अनुसार काम गर्ने र अरु केहीले संविधानको विरोध गर्ने गरेका छन्, तिनीहरुलाई मैले छाड्दिन पनि भन्ने गर्दछन् । तर यो संविधानका कट्टर विरोधी स्वयम् ओली देखिदै गएका छन् । यसको विरोध उनका लागि नेपालको विगतको २०४७ सालको संविधानको मर्मलाई पुनस्र्थापित गर्ने हो त्यो भनेको नेपालमा एकात्मक राज्य व्यवस्थाको स्थापना ।

संघीय सरकारको मातहत प्रदेश सरकार रहने र संघीय सरकारले दिएको काम निर्र्देशन अनुसार प्रदेश सरकारले काम गर्ने भनेको उनको प्रदेश सरकारलाई इकाई नै बनाउने मानसिकता हो । यसरी ओली केन्द्रीय सरकारको अधिनस्थमा प्रदेश र स्थानीय तह निर्माण गर्ने कोशिसमा लागि रहेका छन्, र उनको यो गलत र पश्चागामी धारणाबारे आलोचना गर्ने हिम्मत डबल नेकपा भित्रका संघीयता पक्षधर सांसदहरु र प्रदेशस्तरका सांसदहरु कसैले गर्ने हिम्मत गर्न सकेको देखिदैन र यसको अर्थ ओलीले नेपालको संघीयतालाई अर्थहिन बनाउने कामको विरोधमा उक्त पार्टी र सरकारका मन्त्रीहरु चूँ सम्म पनि बोल्न सकिरहेका छैनन् । बरु संघीयता विरोधी ओलीको अध्यक्षातामा बनेको केन्द्रीय समिति, पोलिट व्यूरो र स्थानीय तहमा कसरी मनोनित हुन सकिएला भनेर ओलीको दैलो चाहार्दै ठिक्क छ । ती निरिह नेता तथा कार्यकर्ता देखेर नै ओलीले आफ्नो विगतको संघीयता विरोधी र गणतन्त्र विरोधी कालो अनुहारमा चमक दिएर अहिलेको संघीयता र गणतन्त्रलाई कमजोर बनाउंदै गएर नामेट बनाउने कसरतमा लोगेको स्पष्ट हुन गएको छ र राष्ट्रपतिलाई महारानीको रुपमा स्थापित गर्न चाहेको गत सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उनलाई वारम्वार मेरो सरकार उच्चारण गर्न लगाए । डबल नेकपाका सांसदहरु ओलीको प्रति छायाँ बनेर संसदमा खडा भए । उनले सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रतिनीधि सभामा पनि प्रदेशहरुको विषयमा बोल्दा नेपाल सरकारको मातहतकै इकाई भनेर व्याख्या गरेका थिए र फेरी उनले धादिङमा अप्टिकल फाइवर ओछ्याउने कार्यक्रमको उद्घाटनमा भनेका थिए–‘प्रदेश सरकारहरुलाई के के लाग्छ भने हामी स्वतन्त्र राष्ट्रका सार्वभौम सरकार हांै । हामीलाई किन नियन्त्रण गर्न खाजिएकोे होला ? त्यसकारण यो र त्यो भएन भनेर छट्पटाएको देखिन्छ । नेपाल एउटा राष्ट्र, एउटा देश, एउटा सरकार–नेपाल सरकार त्यसका विभिन्न अवयव छन् , निकाय छन् , सात प्रदेश , ७५३ स्थानीय तह छन् ,स्थानीय सरकार छन् । ती सबै नेपाल सरकारका इकाईहरु हुन् ।’

ओलीका माथि उल्लेखित भनाइहरुले के स्पष्ट पार्दछ भने उनको नेतृत्वको सरकारबाट नेपालमा संघीयता चल्न सक्दैन । नाम मात्रैको संघीयता रहने छ । विगतमा राजाको भन्दा पनि जनतालाई उनीहरुको सवारीका दौरान घण्टौ दिएको सास्तीले काठमाण्डौका जनताको मनमा के यो गणतन्त्र हो र भन्ने प्रश्न उठीरहेको छ । के हामी सही मानेमा गणतन्त्रात्मक नेपालका नागरिक हौ ? भन्ने प्रश्न उठीरहेको छ । यसरी ओलीले संघीयतालाई खारेज गर्ने र राष्ट्रपति विद्यादेवी भण्डारीलाई महारानीका रुपमा रुपान्तरण गर्ने जस्ता कार्यहरु गरिरहेका छन् । ओलीको पार्टी डबल नेकपा अहिले हिटलरको पार्टी र सरकारका नेता जस्ता भएका छन् । एक पटक हिटलरले संसदीय व्यवस्था र त्यस अन्तर्गतका नेता कार्यकर्ता र जनताको अवस्थावारे गरेको त्यो अभिनय अहिले नेपालमा ओलीले दोहो¥याउने काम गर्दैछन् । एक दिन हिटलरले एउटा भोकाएको कुखुरालाई काखमा राखेर संसदमा प्रवेश ग¥यो र उक्त कुखुराका प्वाँखहरु एक एक गर्दै उखेल्दै गयो र कुखुरो रक्ताम्य भएर छट्पटाई रह्यो । त्यसरी रक्ताम्य भएर छट्पटाएको कुखुरोलाई उसले भुइँमा राखिदियो र उसलाई चारो दिंदै आफ्नो पछि–पछि हिडिँहाल्यो, एक छिन अघि रक्ताम्य भएर छट्पटाएको कुखुरो हिटलरको पछि पछि चारो टिप्दै गयो । त्यसपछि उसले भन्यो मेरो सरकार र संसद र पार्टीका मानिस यस्तै हुन केही चारो दिएपछि विगतको मतभेद, विरोध, आक्रोश सबै भुल्छन् । ओलीको पार्टीका नेताहरु, कायकर्ताहरु ओलीले दिने चारोका लागि सबै मतभेदहरु, असन्तुष्टिहरुलाई एकातिर पन्छाएर हिटलरको कुखुराको अवस्थामा लुरु–लुरु हिंडिरहेका छन् । तर यो इतिहास दोहो¥याउन दुश्शाहस गर्ने ओलीको भविष्य पनि त्यही मार्गतर्फ अग्रसर छ, जो हविगत हिटलरको फासिवादको भएको थियो । [email protected] – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here