प्रधानमन्त्री ओलीले निर्वाचनको अन्तिम परिणाम नआउँदै दिए मोदीलाई ‘बधाई’

224

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुँदै  भारतीय समकक्षी नरेन्द्र मोदीलाई जितका लागि बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो ट्वीटमार्फत बधाई दिएका हुन् । ‘सान्दार जितका लागि हार्दिक बधाई’ दिँदै आगामी दिनमा सहकार्यका लागि समेत आफू आशावादी रहेको उल्लेख गरेका छन् ।

भारतमा आज मतगणना जारी छ। निर्वाचन आयोगले अहिलेसम्म अन्तिम परिणाम घोषणा गरिसकेको छैन। प्रारम्भिक नतिजाहरूमा भने सत्तारूढ भाजपा एक्लै बहुमततर्फ अग्रसर छ।

यो ट्वीटपछि बधाई दिन हतार गरेको भन्दै कतिपय ट्वीटर प्रयोगकर्ताले प्रधानमन्त्री ओलीलाई व्यंग्य र आलोचना पनि गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here