वायनाडबाट राहुल गान्धी विजयी

95

नयाँ दिल्ली / भारतको लोकसभा निर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी केरलास्थित वायनाडमा विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी सीपीआईका उमेदवार पीपी सुनेरलाई पराजित गरेका हुन् ।

गान्धीले पाँच लाख २१ हजार पाँच सय ९८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी पीपी सुनेरले एक लाख ९५ हजार पाँच सय १५ मत ल्याएका छन् ।

उत्तर प्रदेशस्थित अमेठीमासमेत उमेदवार बनेका गान्धीलाई स्मृति इरानीले पछि पारेकी छन् । भाजपाकी स्मृति इरानीले दिउँसो ४ बजेसम्म मतगणना अनुसार एक लाख चार हजार ४९८ मत ल्याउँदा गान्धीले ९४ हजार ७३२ मत ल्याएका छन्।

५४२ सिटका लागि सात चरणमा भएको निर्वाचनको मतगणना जारी छ । यसपटकको पनि प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपा भारी बहुमतका साथ जित्‍न संकेत देखिन्छ । अहिलेसम्म २९४ स्थानमा भाजपा अघि छ भने ५५ स्थानमा कांग्रेस अघि छ । त्यसैगरी वाइएसआर काँग्रेसले २५ स्थानमा अगाडि छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here