कोलेस्ट्रोलबारे जान्नै पर्ने महत्वपूर्ण कुराहरु

243

कोलेस्ट्रोल एक प्रकारको चिल्लो पदार्थ हो जुन रगतमा पाइन्छ । शरीरमा कोलेस्ट्रोलको मात्रा धेरै भएमा मुटु सम्बन्धी समस्या हुने गर्छ । शरीरमा ८० प्रतिशत कोलेस्ट्रोलको निर्माण कलेजोले गर्छ भने २० प्रतिशत कोलेस्ट्रोल भोजनबाट प्राप्त हुन्छ । मुटुमा रगतको आपूर्ति गर्ने आर्टरी बन्द भएमा हृदयाघात हुन सक्छ र दिमागमा रगतको आपूर्ति गर्ने आर्टरी बन्द भएमा स्ट्रोक हुन सक्छ।

हामीले खाने खानामा तयारी कोलेस्ट्रोल करिब २० प्रतिशत रहन्छ भने बाँकी ८० प्रतिशत शरीरले बनाउँछ। कलेजोले हरेक दिन शरीरलाई पूरै पुग्ने करिब एक ग्राम कोलेस्ट्रोल बनाउँछ। तर हाम्रो शरीरको कोलेस्ट्रोलको परिमाणमा परिवर्तन हुन नसक्ने वंशाणुगत प्रभाव पनि पर्छ।

हामीले खाने मासु, दूध, घिउ, चीज आदिबाट प्राप्त हुने कोलेस्ट्रोल हाम्रो शरीरलाई आवश्यक पर्दैन तर शुद्ध शाकाहारी खानाबाट अतिरिक्त कोलेस्ट्रोल प्राप्त हुन्छ। कसैले धेरै परिणाममा खाना खाए पनि उनीहरूमा रगतको तह साधारण रहन्छ। कोही मान्छेहरू धेरै कम खान्छन् तर रगत उच्च कोलेस्ट्रोल हुन्छ। यसको कारण जीवनशैली, वंशाणु, लिंग र शरीरले कोलेस्ट्रोललाई कसरी प्रोसेस गर्ने प्रक्रियामा भर पर्छ।

कोलेस्ट्रोल कम गर्ने खाना

  • चोकरयुक्त खाद्यान्न : फापर, नफलेको चामल, तोफु, सोया, होलेमिल पाउरोटी, ओलिभ, सूर्यमुखी तेल, तोरीको तेल, भटमासको तेल आदि।
  • सागसब्जी : प्याज, लसुन, सिमी, बोडी, गेडागुडीजस्ता कोसेदार तरकारी।
  • ताजा फलफूलहरू : स्याउ, सुन्तला, आरु, केरा।

कोलेस्ट्रोल बढाउने खानाहरू :

  • बिस्कुट, केक, चकलेट, पूरा चिल्लो भएको दूधका परिकारहरू जस्तै- चिज, क्रिम, बटर।
  • खसी, कुखुराको छाला, सुँगुर, राँगाको चिल्लो मासु र बर्गर आदि।
  • हाइड्रोजेनेरेटेट फ्याट तेल प्रयोग गरिएको क्रिप्स, चिप्स, फास्ट फुड, घिउ आदि।

खानामा कडाइ :

  • शाकाहारी खाना खान कोसिस गरौं स् कम चिल्लो खाना (दस प्रतिशतभन्दा कम क्यालोरी) ले एलडीएल कोलेस्ट्रोललाई धेरै मात्रामा कम गर्छ।
  • खाना खाँदा कोलेस्ट्रोल कम गर्ने खाऔं स् आफूले के नखाने भन्नाका साथसाथै कस्तो खाना खाए कोलेस्ट्रोल कम गर्छ भन्ने पनि जान्नु उपयुक्त हुन्छ। सुन्तला वर्गमा पर्ने फलफूल जस्तै- सुन्तला, कागती, ज्यामिर अनि प्याजले स्वस्थ कोलेस्ट्रोल राख्न मद्दत गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here