दुई ब्रिफकेस नक्कली नोटसहित युनुस अन्सारी पक्राउ

326

काठमाडौं– प्रहरीले लाखौं‌ नक्कली भारतीय नोटसहित युनुस अन्सारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
भारत जान लागेका उनलाई विशेष ब्युरो र विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।

उनीसँगै कतारबाट आएका ३ जना नेपाली र ३ जना पाकिस्तानीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूले दुई ब्रिफकेस भरी नक्कली भारू बोकेका थिए ।

युनुस पहिला पनि नक्कली नोट काण्डमा जेल परेका थिए । पछि छुटेर फेरि उनी त्यही काम लागेको सुचना पाएपछि प्रहरीले उनीमाथी निगरानी बढाएको थियो ।

अन्सारी ५ वर्ष अघि ललितपुरको नख्खिपोटबाट समातिएका थिए । उनलाई कारागारभित्रै गोली हानिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here