कहाँ कहाँ बम फेला ? यस्तो छ विवरण

60

काठमाडौं / नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज बिहीबार गरेको बन्दले देशभर तनावग्रस्त अवस्था भएको छ ।

विप्लव नेकपाले गत मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको भन्दै नेपाल बन्दको आयोजना गरेको हो ।

बन्दको प्रभावले आज देशका विभिन्न ठाँउहरुमा बम विस्फोट भएको छ भने धेरै ठाँउहरुमा बम फेला परेको छ ।  

कहाँ कहाँ बम फेला परे ? यस्ताे छ विवरण

_ घट्टेकुलो र सुकेधारामा बम विस्फोट, चारजनाको मृत्यु (आइतवार)
– बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३, बजनीमा भारतीय ट्रकमा आगजनी (आइतबार बिहान)
– मकवानपुरको थाहा नगरपालिकामा आज बिहान ना ६ ख ८००७ नम्बरको आइचर गाडीमा आगजनी
– हेटौंडाको चौकीटोल, प्रहरी चौकी नजिकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी
– हेटौंडाको बुद्धचोकमा कुकर बम डिस्पोज (आज बिहान १ बजे)
– तनहुँको दमौली शंकास्पद वस्तु फेला परेपछि स्थानीय आतंकित
– मोरङको नगरपालिका ७ ठहियाचोक नजिक प्रेसर कुकर बम
– रौतहटको चन्द्रनिगाहापुरमा शंकास्पद बस्तु भेटियो
– भक्तपुरको च्यामासिंह मालपोत कार्यालय नजिकै शंकास्पद बस्तु फेला (बिहान पौने ३ बजे)
– धादिङको महादेवबेंसीमा सकेट बम, नेपाली सेनाको टोलीद्धारा निष्क्रिय
– धादिङको नौबिसेमा शंकास्पद बस्तु
– सुर्खेतको गुर्भाकोट नगरपालिका १४ को गुमी (छिन्चुतर्फ गैरहेको) ना २ ख ७४४४ नम्बरको बसमा आगजनी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here