जताततै विस्फोट ! विभिन्न ठाउँमा शंकास्पद बस्तु फेला

188

विराटनगर / पूर्वका विभिन्न ठाउँमा शंकास्पद बस्तु फेला परेको छ ।

मोरंगको बुढीगंगा गाँउपालिका–१ र बिराटनगर महानगरपालिकाको सीमाक्षेत्रमा सोमबार प्रेसर कुकर बम फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय मोरंगका प्रवक्ता एवं डिएसपी घनश्याम श्रेष्ठका अनुसार, बुढीगंगा गाँउपालिका १ स्थित धरान विराटनगर राजमार्गबाट पूर्वतर्फ जाने कच्ची सडक पहाडगछ मार्गको मोडमा कुकर बम फेला परेको पुष्टि गरे। उनले भने, हाल सो क्षेत्रमा सुरक्षाका लागि प्रहरीको उपस्थिती बाक्लो बनाइएको छ।

बिहानै शंकास्पद बस्तु फेलापरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। डिएसपी श्रेष्ठ भन्छन्, ‘रोडको छेउमा झोला भित्र प्रेसर कुकर राखिएको छ र बाहिर करिब दुइमिटर जति तार निस्केको छ।’

प्रहरीको निगरानीमा रहेको सो बस्तुको यकिन गर्नका लागि मोरंगको थलाहास्थित नेपाली सेनाको सूर्यदल गणबाट बम डिस्पोजल टोली आउदै गेको डिएसपी श्रेष्ठले जानकारी दिए।

सरकारविरुद्ध आफ्नो आन्दोलन जारी राखेको जनाउँदै आएको नेत्रविक्रम चन्द विप्लव समूहको नेकपा माओवादीले सोमबार नेपाल बन्दको आव्हान गरेको छ। सोही क्रममा बम राखिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ।

बन्दका क्रममा लामो तथा छोटो दूरी यातायात ठप्प रहेको छ। त्यसैगरि, शैक्षिक संस्थापनि बन्द रहेको उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ हिसानका मोरङ जिल्ला सदस्य दिपेन भट्टराईले जानकारी दिए।

त्यसैगरि, मोरङको सुन्दरहरैचा नगरपालिकाको गछियास्थित पूर्वपश्चिम राजमार्गमा फेला परेको बम निष्क्रिय सेनाको टोलीले निष्क्रिय बनाएको छ ।






LEAVE A REPLY

Please enter your comment!
Please enter your name here