टिकटक सेलिब्रिटीको हत्यामा संलग्न १७ वर्षे किशोर पक्राउ

182

एजेन्सी / दिल्ली पुलिसले शुक्रबार टिकटक सेलिब्रिटी एवं जिम प्रशिक्षक मोही मोरको हत्यामा संलग्न भएको आरोपमा किशोरलाई पक्राउ गरेको छ ।

१७ वर्षीय आरोपीलाई द्वारका नजिकै पक्राउ गरिएको हो । पुलिसका अनुसार किशोर आरोपीको पहिचान कल डिटेल रकेर्डमार्फत् गरिएको हो । उनी १४ मेमा हत्या अघि २७ वर्षे जिम प्रशिक्षकलाई फोन गर्ने पहिलो व्यक्ति थिए । एक वरिष्ठ पुलिस अधिकारीले आइएएनएसँगको कुराकानीमा भने, ‘अनुसन्धानमा किशोर र मोहितबीच जिममा झगडा भएको पत्ता लागेको छ । त्यतिबेला जिम प्रशिक्षकले किशोरलाई अन्य दुई मानिसको अघिल्तिर कुटेका थिए । रिसमा किशोरले मोहितलाई हत्या गरिदिने योजना बनाए । उनले हत्यामा आफ्ना दुई साथीको मद्दत लिए ।’

किशोरले दिएको बयान उद्धृत गर्दै पुलिसले भने, ‘किशोरले मोहितलाई फोनमा उनी भएको स्थान सोधे । मोहितले आफू एक पसलमा भएको जानकारी दिए । किशोर आफ्ना दुई साथीसँग पसल पुगे र अन्धाधुन्ध गोली हाने । मोरको घटनास्थलमा नै मृत्यु भयो ।’

टिकटक सेलिब्रिटी जिम ट्रेनरको गोली हानी हत्या
अन्य दुई आरोपीको खोजी भइरहेको पुलिसले जानकारी दिएको छ । टिकटकमा मोहितका पाँच लाख फलोअर्स छन् । उनी टिकटकमा थुप्रै भिडियो बनाएर हाल्ने गर्दथे । इन्स्टाग्राममा उनका तीन हजार फलोअर थिए । उनी फोटो–सेयरिङ एपमा फिटनेस भिडियो हाल्ने गर्दथे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here