कांग्रेस नेता घिमिरेले राष्ट्रपतिको पदक अस्वीकार

102

काठमाडौं / गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दिइने संविधान सभा पदक अस्वीकार कांग्रेस नेता तथा पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरेले अस्वीकार गरेका छन् ।

नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम दशौं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्वारा दिइने संविधान सभा पदक घिमिरेले अस्वीकार गरेका हुन् ।

पहिलो संविधानसभा सदस्य समेत रहेको घिमिरे यो संविधान अव्यवहारिक र जनभावना अनुरुप नभएको जनाए । धर्म निरिपेक्षता र संघीयताका विषयमा फरक मत राख्दै आएका घिमिरेले गृहमन्त्रालयबाट पदक ग्रहण गर्न लिखित निम्तो पाएलगत्तै आफूले त्यो पदकका लागि योग्य नरहेको मान्यताका साथ पदक नलिने निर्णय गरेको सञ्चारमाध्यमलाई जानकारी दिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here