भारतको बदमासीका कारण नेपाली बस्ती पूरै डुवानमा

167

काठमाडौँ- भारले कोसी परियोजनाका पाइलट च्यानल खोल्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका एक वडाका बासिन्दा बस्तीमै थुनिदा समेत सरकार बेखर जस्तै बसेको छ । भारतीय अधिकारीले बिनासूचना पानी छाडेपछि स्थानीयहरु परिवारसंगै सम्पर्क विहिन भएका छन् ।

परियोजनाअन्तर्गतका बाँध नियन्त्रण एवं जल निस्सरण कार्यालय वीरपुरले सम्झौताविपरीत नेपाली भूभागमा बिनाजानकारी खनेको पाइलट च्यानलमा पानी छाड्डा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–१३, गोवरगाढाको बस्तीमा स्थानीय पुरै डुबानमा परेका छन् ।

कोसीको प्राकृतिक बहाव भारत विहार लोकहा पुनर्वासस्थित स्पर नम्बर २०–५० मा पुगेका बेला परियोजनाका भारतीय अधिकारीले नेपाली पक्षलाई जानकारी नदिई पाइलट च्यानल खनेर पानी छाडेका हुन् ।

एकतर्फी रूपमा बनाएको पाइलट च्यानलमा बिनाजानकारी पानी छाडिएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाका ९० परिवार बस्तीमै थुनिएका छन् ।

सोही नगरपालिका–१३ का वडाध्यक्ष विन्देश्वर यादवले अचानक पानी छाड्डा गाउँभन्दा बाहिर जान सक्ने अवस्था नरहेको जनाए । ‘समान्य रूपमा पानी बगिरहेकाले डुंगा राखेर आवतजावत भइरहेको थियो, ‘उनले भने, ‘अचानक पानी छाड्डा डुंगासमेत बगाएर लगेको छ, अहिले गाउँमा कुनै समस्या भए अकालमै ज्यान पनि जान सक्छ ।’

हनुमाननगर कंकालनी नगरपालिका प्रमुख शेलेशकुमार साहले ३ वर्षदेखि कोसीको ५० ढोकामध्ये २८ नम्बरबाट पाइलट च्यानल खनेर कोसीलाई बीच बाटोबाट बगाउने भन्दै खन्दै आएको जनाए । उनले भने, ‘भारतीय अधिकारीले नेपाली भूभाग डुबानमा पर्ने गरी पूर्वपट्टि खनिएको बालुवा थुपार्दे बहाव नै नेपालतिर बनाएको छ।’

लामो समयदेखि नेपाली भूभागमा निर्माण गरिएको पश्चिमी तटबन्धको मर्मत सम्भार नगरी पूर्वी तटबन्ध जोगाउन मात्र परियोजनाका कर्मचारी लागेको उनले जनाए । वडाध्यक्ष विन्देश्वरका अनुसार अहिले त्यहाँका बासिन्दा पौडेर बस्तीतर्फ आवतजावत गर्छन । पाइलट च्यानलमा ७० किलोमिटर प्रतिघण्टाका दरले पानीको बहाव रहेको स्थानीय जनाउँछन् । नेपालतर्फको तटबन्ध भने ३ दशकदेखि मर्मत–सम्भार भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here