मोटरसाइकल चोरीमा संलग्न ६ जना पक्राउ

138

भक्तपुर- महानगरीय प्रहरी वृत्त जगाती र ठिमी भक्तपुरले भक्तपुरका बिभिन्न स्थानमा चोरी भएका मोटरसाइकल सहित चोरी कार्यमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रामेछाप सुनापाती गाउँपालिका-६ घर भई हाल काठमाडौं बौद्ध बस्ने विजय मानन्धर, ओखलढुंगा चम्पादेवी गाउँपालिका-५ फेदीगुठ घर भई हाल काठमाडौं बौद्ध जारपाटी बस्ने प्रविन बरुवाल, ओखलढुंगा सुनकोशी गाउँपालिका-३ सिस्नेरी बस्ने प्रेम बहादुर कटवाल, खोटाङ, खोटेहाङ गाउँपालिका-९ घर भई हाल त्रियुगा नगरपालिका-३ बस्ने सुरेश राई, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ स्याउले बस्ने उमेश तामाङ र ओखलढुंगा सुनकोशी गाउँपालिका-२ कोटबेशी बस्ने भिजन कार्की रहेका छन् ।

उनीहरुको साथबाट प्रदेश ३-००२-००४ प ६४७१, प्रदेश ३-०२-००१ प ७४७९, ग.१५ प १८९८, बा.९८ प ५५१३, बा.८० प ४५४१ र बा.९५ प ९३८६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

मोटरसाइकल चोरी, बिक्री वितरण तथा चोरीका मोटरसाइकलहरुको नम्बर परिवर्तन गरी प्रयोग गर्ने उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगा, उदयपुर, सिन्धुपाल्चोक, महानगरीय प्रहरी वृत्त वौद्ध काठमाडौं तथा महानगरीय अपराध शाखा भक्तपुरसंगको समन्वय तथा सहयोगमा बैशाख २४ गते देखि जेठ १० गते सम्म पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here