सिड्नीमा जल संकटका कारण धारा खुल्ला राखे अपराध, ४२ हजारसम्म जरिवाना

245

एजेन्सी / अस्ट्रेलियामा डिसेम्बरदेखि फेब्रुअरीसम्म भएको प्रचण्ड गर्मीका कारण यहाँका नदीहरूको जलस्तर अत्यान्तै न्यून बनेको छ। जलस्रोत सन् १९४० यताकै सबभन्दा न्यून स्तरमा पुगेको सञ्चार माध्यमहरूले जनाएका छन्। जल संकटका कारण अहिले सिड्नीको अवस्था दयनीय बनेको छ। स्थितिलाई नियन्त्रण गर्नका लागि न्यु साउथ वेल्स प्रशासन (एनएसडब्ल्यू) ले फेरि एक पटक कडा प्रतिबन्ध लागू गरेको छ।

धारा खुल्ला छोडे जरिवाना प्रशासनले लागू गरेको नयाँ नियमअनुसार कसैले धारा खुल्ला राखे यसलाई अपराधका रूपमा हेरिने छ। यसबाहेक कुनै व्यक्तिले आफ्नो बगैँचामा पानी हाल्नका लागि स्प्रिंकल सिस्टमको प्रयोग गरे भने उक्त व्यक्तिलाई जरिवाना गरिने छ। नयाँ नियमअनुसार यदि कुनै व्यक्तिले पानी खेर फालेको पाइएमा उसलाई झण्डै १७ हजार नेपाली रूपैयाँ र संस्थालाई झण्डै ४२ हजार पाँच सय रूपैयाँ जरिवाना हुने छ। उक्त नियम आगामी सातादेखि लागू हुने जनाइएको छ । सन् २००९ मा पनि यस्तै प्रतिबन्ध यसअघि पनि पानीको दुरुपयोगमा रोक लगाउनका लागि न्यु साउथ वेल्स प्रशासनले प्रतिबन्ध लगाएको थियो।

सन् २००९ मा पानी खेर पाल्नेमाथि यो नियम लागू हुन्थ्यो। सिड्नीका कतिपय क्षेत्रमा यो प्रतिबन्ध अहिले पनि लागू रहेको जनाइएको  छ। त्यसबेला पनि पानी खेर फाल्नेमाथि जरिवानाको नियम राखिएको थियो। पानी बचाउनका लागि सहयोग गर्न अनुरोध केही वर्ष पहिला सिड्नीको मरे(डार्लिङ नदीमा पानीको मात्रा घट्नुका कारण माछा मरेका थिए। निर्वाचनमा पनि यो मुद्दालाई उठाइएको थियो। विज्ञहरूका अनुसार नदीमा पानीको मात्रा घटेका कारण अक्सिजनको मात्रा पनि घटेको छ। साउथ इस्टर्न स्टेटका पानी मन्त्री मेलिन्डा पवेका अनुसार उक्त क्षेत्र भीषण खडेरीको चपेटामा परेको छ। यसको नियन्त्रणका लागि यहाँका हेरक व्यक्तिको सहयोगको आवश्यकता छ। प्रतिबन्ध पनि यसै कारणले लागू गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here