८ वर्षीय बालक अपहरण गरी हत्या गर्ने पक्राउ

58

पर्सा /  वीरगंज महानगरपालिका-३ प्रगतिनगर बस्ने शम्भु साहको ८ वर्षीय छोरा करण साहलाई अपहरण गरी हत्या गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर भएका वीरगंज बस्ने विकाश शर्मा, बारा कलैया बस्ने सिकिन्द्र साह तेली र खपरताता बस्ने राम विनेश महतो रहेका छन् ।

गत जेठ १० गते बिहान करण साह आफ्नै घर अगाडी खेल्ने क्रममा हराएको र उनको बाबु शम्भु साहलाई फोन गरी नगद ३० लाख रुपैयाँ फिरौती रकम माग गरेको भन्ने खबर प्राप्त हुनासाथ २ नम्बर प्रदेश कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट संयुक्त रुपमा खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । साथै सोधपुछ गर्ने क्रममा उनीहरुले ती बालकको हत्या गरी बारा कलैया उपमहानगरपालिका-२५ स्थित खौराही खोलामा फालेको जनाएका थिए ।  प्रहरीले उक्त खोलाबाट बुधबार बिहान बालकको शव फेला पारेको हो ।

साथै घटनास्थलमा निजहरुलाई लगेर अनुसन्धान गर्ने क्रममा विकाश शर्मा र सिकेन्द्र साह तेली प्रहरीको नियन्त्रणबाट भाग्न खोजे पश्चात प्रहरीले सानो चाईनिज पेस्तोलबाट गोली फायर गरी नियन्त्रणमा लिने क्रममा विकाश शर्माको दाँया खुट्टामा १ राउण्ड गोली लागेको र सिकेन्द्र साह तेलीको कम्मर देखि मुनी दाँया खुट्टामा १ राउण्ड गोली लागेर घाइते भएका छन् । घाइते दुवै जनालाई उपचारको लागी जिल्ला अस्पताल कलैया बारा लगिएकोमा थप उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल पर्सा रिफर गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here