नेपाली कथानक चलचित्र ‘काँचुली’को मुहूर्तका साथै छायाँकन

279

काठमाडौं / बिजी बर्माको ब्यानरमा कला राईको प्रस्तुति र शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा नेपाली कथानक चलचित्र ‘काँचुली’ को मुहूर्तका साथै छायाँकन आरम्भ भएको छ।

सोमबार काठमाडौंको युएन पार्कमा शुभ साइत गर्दै चलचित्रको छायाँकन सुरु गरिएको निर्देशक अधिकारीले जानकारी दिए । उनले यसअघि ‘सत्यम शिवम सुन्दम’ नामक चलचित्र निर्देशन गरेका थिए। चलचित्रमा बास्तविक जीवन भोगाइलाई समेटिने भएको छ। जसरी सर्पले समय र परिस्थिति अनुरुप काँचुली फेर्छ त्यसै गरि मानिसले रङ फेर्छ भन्ने भनाइमा यो फिल्म केन्द्रित छ।

यसमा शुभेच्छा थापा, अस्मी थापा , सुवास गजुरेल, राजन महर्जन, रिजन बिशुन्खे, राजन श्रेष्ठ, असिम थापा, अन्जना ज्योती, भुमा सापकोटा, आरजे भिलेन, टेकराज शर्मा, मिलन तामाङ लगायतका कलाकारको अभिनय रहने छ। सुशील डाँगीको छायांकन, राजन महर्जनको नृत्य रहने सफल्म अगामी मंसिरबाट प्रदर्शनमा आउने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here