सर्वोच्चबाट अजय सुमार्गीको रकम रोक्का नगर्न परमादेश जारी

130

काठमाडौं / सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नाममा आएको वैदेशिक लगानी नरोक्न सरकार र राष्ट्र बैंकको नाममा परमादेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश बमकुमार श्रेष्ठको मंगलबारको इजलासले सुमार्गीको रकम निकास गर्न आदेश दिएको हो ।

यस अघि पुस १० गते न्यायाधीश दीपकराज जोशीको एकल इजलासको आदेशले मुक्तिश्री सिमेन्टका नाममा आएको वैदेशिक लगानीको स्रोत नखुलेको भनी राष्ट्र बैंकले करिब ५ वर्षदेखि रोक्का राखेको रकम खुला गरिदिएको थियो । उक्त आदेशपछि सुमार्गीले ७।५ मिलियन अमेरिकी डलर ९करिब ८४ करोड रुपैयाँ० रकम झिकेर अर्को बैंक खातामा राखेका थिए ।

उक्त रकम झिक्नुपूर्वकै अवस्थामा ल्याउनु भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले पुस २४ गते अर्को आदेश दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here