ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

246

दाङ- तुलसीपुरमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बुधबार साँझ नम्बर नखुले ट्रयाक्टरले ठक्कर दिँदा रा २ प १९१७ नम्बरको मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका १२ बेलटाकुराका २७ वर्षीय भक्तबहादुर पुनको मृत्यु भएको हो।

तुलसीपुरबाट बेलटाकुरातर्फ जाँदै गरेको मोटरसाइकललाई ट्रयाक्टरले ठक्कर दिँदा पुन गम्भीर घाइते भएका थिए। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकलमा पछाडि बसेका सुकौराका देबु दहितको एउटा खुट्टा भाँचिएको छ।

ट्रयाक्टरका चालक फरार रहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here